ओपोले ‘अर्थ डे’ को अवसरमा ग्रीन टेक्नोलोजी प्रयोग गर्दै

  • Technology Khabar | ९ बैशाख २०७९, शुक्रबार
ओपोले ‘अर्थ डे’ को अवसरमा ग्रीन टेक्नोलोजी प्रयोग गर्दै

काठमाडौं ।

हरेक वर्ष, अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदछन्। टेक्नोलोजी र कलात्मकता मार्फत जीवनलाई उचाईमा पुर्याउन प्रयास गर्ने ग्लोवल टेक्नोलोजी कम्पनी ओपोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालिन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट नागरिकको रुपमा आफ्नो जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आएको छ।

ग्रीन अपरेशन र प्रडक्ट डिजाइनदेखि लिएर वातावरण संरक्षण र दिगोपनका मुद्धाहरुका लागि जनचेतना जगाउनेसम्म, ओपोले पृथ्वीको हरित भविष्यलाई प्रवद्र्धन गर्न आफ्नो प्रविधि र ब्रान्ड शक्तिको निरन्तर प्रयोग गरिरहेको छ।

प्लास्टिकको प्रयोग कम गर्ने र हरियाली उत्पादनहरु विकास गर्ने
प्लास्टिकको फोहोर आज वातावरण प्रदूषणको एक ठूलो चिन्ता हो । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको तथ्यांकअनुसार हरेक वर्ष करिव ११ मिलियन टन प्लास्टिकको फोहोर पृथ्वीको समुन्द्रमा फ्याँकिन्छ।

प्लास्टिकको फोहोर सही तरिकाले डिस्पोज नगर्नाले यसले पानी र माटो प्रदुषित गर्छ अन्ततः हामीले खाने खानाको माध्यमबाट मानव शरीरमा पुग्दछ । यी माइक्रोप्लास्टिकहरुले हाम्रो स्वास्थ्यको लागि कति घातक छ जसको बारेमा हामीले अहिले धेरै कम जान्दछौँ ।

आफ्नो प्याकेजिङ्गमा प्रयोग हुने प्लास्टिकको मात्रा घटाउन, ओपोले “घच् ज्ञम्” लाई अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त प्याकेजिङ्ग सिद्धान्तहरु अपनाएको छ, जुन न्यूनीकरण, पुनारावृत्ति, पुन प्रयोग गर्न योग्य र नष्ट हुन योग्यमा केन्द्रित छ । यस दृष्टिकोण मार्फत, ओपोले २०१९ देखि युरोपमा आफ्नो प्याकेजिङ्गमा प्लास्टिकको प्रयोगलाई ९५% ले सफलतापूर्वक घटाएको छ, साथै परम्परागत प्लास्टिकको प्रयोगलाई विस्थापित गर्न बायोडिग्रेडेबल पोलिल्याक्टिक एसिडको प्रयोग गर्दै आएको छ ।
यस वर्षको शुरुमा लन्च गरिएको ओपो ५जी सीपीई टी२ आंशिक रुपमा उपभोक्ता उत्पादनहरुबाट उत्पन्न पोस्ट कन्ज्युमर रिसाइकल प्लास्टिकबाट बनाइएको हो ।

कागजको खपत घटाउने र फोहोर उत्पादन पुनः प्रयोग गर्ने

बनजङ्गल धेरै प्राकृतिक स्रोतहरुको घर हो जहाँ मानिसहरु बाँच्नको लागि निर्भर हुन्छन् । यद्यपि, अत्यधिक वन विनाशका कारण ब्mबशयल चबष्लायचभकत ले विगत ५० वर्षहरुमा १७% क्षेत्र गुमाएको छ । वन विनाश र वन क्षेत्रको कमी पृथ्वीमा जैविक विविधताको लागि प्रत्यक्ष खतरा हो, साथै ग्लोवल वार्मिङको एक उत्प्रेरक हो।

काठ फाइवरको खपत कम गर्न ,ओपोले सम्भव भएसम्म पुनः प्रयोग गरिएको सामग्रीको प्रयोग गर्दछ । उदाहरणका लागि, युरोपमा इएएइ ँष्लम ह्छ सिरीजको प्याकेजिङ्ग लगभग ४५% रिसाइकल फाइवरबाट बनेको छ । यो फाइवर पुनः प्रयोग गरिएको कागज वा अन्य जैविक फोहोरहरु, उखु र बाँसबाट आउँछ।

उत्पादनको लाइफ साइकल बढाउने र ई–फोहोरको नयाँ उदेश्य निकाल्ने
विगत ५ वर्षमा विश्वव्यापी रुपमा उत्पन्न हुने इलेक्ट्रोनिक फोहोरको मात्रा २१% ले वृद्धि भएको छ, जसले यसलाई घरायसी फोहोरको सबैभन्दा छिटो बढ्ने माध्यम बनाएको छ । यद्यपि, विद्युतीय फोहारको १७.४ प्रतिशत मात्र पुनः प्रयोग गरिन्छ । ईलेक्ट्रोनिक फोहोरले वातावरणमा निम्त्याउने दीर्घकालिन खतरालाई आत्मसात गर्दै ओपोले आफ्ना उत्पादनहरुलाई अझ टिकाउ बनाउँदैछ । यसले वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, खेर जाने इलेक्ट्रोनिक उत्पादनहरुको रिसाइकल गर्ने कार्यक्रमहरु पनि गर्दै आइरहेको छ।

उदाहरणका लागि, पछिल्लो लन्च इएएइ ँष्लम ह्छ ओपोको सेल्फ–डेभलप्ड हेल्थ ईन्जिनले बनाईएको छ । यसले स्मार्टफोनको ब्याट्री ८०% बढाउँछ र ८०ध् क्गउभचख्इइऋ फ्लास चार्ज टेक्नोलोजी प्रयोग गरेर लगभग १६०० फुल चार्ज गर्छ । यो ईण्डष्ट्रीको औषत भन्दा दुई गुणा हो अनि लामो समयसम्म चलाउन सकिन्छ ।

हालसम्म ओपोले विभिन्न देशहरुमा रिसाइकलिङ्ग पुनरावृत्ति कार्यक्रमहरु स्थापना गरी ट्रेड इन सेवा प्रदान गरिसकेको छ । चीनलाई उदाहरणका रुपमा लिने हो भने ओपोले आफ्नो पुनरावृत्ति कार्यक्रम मार्फत २०२१ मा १२ लाख भन्दा बढी मोबाइल फोन सङ्कलन गर्यो । यो २१६ टनभन्दा बढी ईलेक्ट्रोनिक फोहोर बराबर हो ।

ओपोले आफ्नो औद्योगिक र गैरसरकारी संस्थाको साझेदारी मार्फत फोहोर ईलेक्ट्रोनिक उत्पादनको रिसाईकल प्रवद्र्धन गर्न पनि मद्दत गरिरहेको छ । युरोपमा ओपोले स्थानीय रिसाइक्लिङ्ग प्रणालीलाई आर्थिक सहयोग प्रदान गर्दैछ र ईलेक्ट्रोनिक फोहोरको रिसाइक्लिङ्ग कार्यक्रम कार्यान्वयन गर्न व्यवसायिक तेस्रो पक्ष रिसाइक्लिङ्ग संस्थाहरुसँग साझेदारी गर्दैछ ।

अस्ट्रेलियामा, ओपोले तारोङ्गा संरक्षण समाजसँग काम गरिरहेको छ र जनतालाई उनीहरुको फोहोरको ईलेक्ट्रोनिक उत्पादनहरु सही तरिकाले पुनः प्रयोग गर्न र ई–फोहोरको मात्रा घटाउन आह्वान गरिरहेको छ ।
ओपो ईको रेटिङ लेबलिङ योजनामा सामेल हुने पहिलो स्मार्टफोन कम्पनीहरुमध्ये एक होे । जुन युरोपका धेरै अग्रणी अपरेटरहरुले उनीहरुको सम्पूर्ण लाईफसाईकलमा मोबाइल फोनहरुको वातावरणीय कार्यसम्पादन मूल्याङ्कन गर्न सिर्जना गरेको कार्यक्रम हो । यस योजनामा आफ्नो सहभागिता मार्फत ओपोले दिगो रुपान्तरण गर्न उद्योगका अन्य व्यक्तिहरुसँग मिलेर काम गरिरहेको छ।

प्रविधिमार्फत दिगोपन प्रवद्र्धन गर्न विभिन्न सरोकारवालाहरुसँग साझेदारी गर्दै

ओपोले आफ्नै प्रविधि मार्फत वातावरणीय संरक्षण र दिगोपन सम्बन्धी समस्याहरुको समाधान मात्र प्रदान गर्दैन, तर यी समस्याहरु समाधानका लागि मद्दत गर्न विश्वभरका मानिसहरुलाई सुचिबद्ध गर्दै एनजीओहरुसँग साझेदारी गर्दैछ ।

ईटालीमा, ओपोले स्थानीय एनजीओ– ँचभभ एबिकतष्अ इमख इलगिक सँग साझेदारी गरेको छ, जसले २०२१ मा पाँच शहरमा फोहोर सङ्कलन गतिविधि सञ्चालन गरेको छ । एक हजारभन्दा बढी स्वयंसेवकको सहयोगमा कार्यक्रम मार्फत १० टनभन्दा बढी प्लाष्टिक फोहारलाई पुनः प्रशोधन गरिएको छ ।

अष्ट्रेलियामा, ओपोले ग्रेट ब्यारियर रिफले सामना गरिरहेको वातावरणीय संकटको बारेमा सचेतना जगाउन र यसप्रति आह्वान गर्न एआर एप प्रयोग गरी रिस्टोरेसन फाउन्डेसन –आरआरएफ) सँग पनि साझेदारी गरेको छ । २०२१ मा, ओपोले च्च्ँ लाई २०२६ सम्म ग्रेट ब्यारियर रिफमा १,०००,००० नयाँ कोरलहरु उत्पादन का लागि मद्दत गर्न ५२,०००४ रकम प्रदान गरेको छ ।
हाम्रो प्राकृतिक वातावरण र पृथ्वीमा जैविक विविधताको संरक्षण वेवास्ता गर्नु धेरै ठूलो मुद्दा हो । हाल १० लाख प्रजातिहरु लोप हुने खतरामा रहेकाले ओपोले यी प्रजातिहरुले प्रकृतिमा थप्ने रङ र सौन्दर्यलाई जोगाउन प्रविधिको प्रयोग गर्ने आशा राखेको छ ।

लगातार दोस्रो वर्ष, नेशनल जियोग्राफिसँग ओपोको लोपोन्मुख ‘ऋययिगचक अबmउबष्नल’ लोपोन्मुख र जोखिममा रहेका जनावरहरुको सुन्दर ईमेजरी प्रयोग गरी जैविक विविधता संरक्षण गर्न थप मानिसहरुलाई प्रेरित गरेको छ । अभियानमा गैर नाफामुखी ‘ल्बतष्यलब िन्भयनचबउजष्अ क्यअष्भतथ’ र यसको वन्यजन्तु संरक्षणका लागि समर्थन पनि समावेश छ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...