सबै सर्जकले अब स्पोटीफाईमा भिडियो पडकास्ट राख्न सक्ने

  • Technology Khabar | ९ बैशाख २०७९, शुक्रबार
सबै सर्जकले अब स्पोटीफाईमा भिडियो पडकास्ट राख्न सक्ने

काठमाडौं ।

स्पोटीफाईले सबै सर्जकका लागि भिडियो पडकास्ट प्रकाशन गर्न सक्ने सुविधा थप पाँच नयाँ बजारमा विस्तार गर्ने भएको छ।

यी पाँचमध्ये अमेरिका पनि एक रहेको र यसमा पडकास्ट क्रियटरका लागि सब्स्क्रिप्सन सपोर्ट, इम्बेड गर्न मिल्ने भिडियो तथा एनालिटिक्सजस्ता थुप्रै नयाँ टूलहरु समावेश रहेको टेकक्रन्चले जनाएको छ।

कम्पनीले यसअघि आफ्नो प्लेटफर्ममा भिडियो पडकास्ट सपोर्ट गत हिउँदमा पहिलो पटक परीक्षण गर्न शुरु गरेको थियो तर त्यतिबेला यो केही सीमित पडकास्टरहरुका लागि मात्र उपलब्ध थियो।

स्पोटीफाईले आज उक्त फिचरको पहुँच विस्तार गरेका देशहरुमा अमेरिका, क्यानडा, न्यूजिल्याण्ड, अस्ट्रेलिया तथा बेलायत रहेका छन्।

यी देशहरुमा क्रियटरहरुले एंकर प्लेटफर्ममार्फत् स्पोटीफाईमा अडियोजस्तै गरी भिडियो सामग्री प्रकाशन गर्न सक्नेछन्। कम्पनीले भविष्यमा अन्य देशहरुमा पनि विस्तार गर्ने टेकक्रन्चले उल्लेख गरेको छ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार