चिनियाँ स्याटेलाइट प्रणाली ‘बेईदउ’ले चिनियाँ स्मार्टफोन उद्योगको लागि प्रविधि समर्थन बढाउँदै

  • Technology Khabar | ९ बैशाख २०७९, शुक्रबार
चिनियाँ स्याटेलाइट प्रणाली ‘बेईदउ’ले चिनियाँ स्मार्टफोन उद्योगको लागि प्रविधि समर्थन बढाउँदै

काठमाडौं ।

चीनद्वारा विकसित बेईदउ (BeiDou) नेभिगेसन स्याटेलाइट प्रणाली (बीडीएस) ले उत्पादनको कार्यसम्पादन बढाएर देशको मोबाइल फोन उद्योगलाई बढावा दिइरहेको छ।

बीडीएस-३ सर्ट मेसेज कम्युनिकेसन्स कार्ययुक्त सुविधासंग सुसज्जित मोबाइल फोन चाँडै उपभोक्ता बजारमा उपलब्ध हुने समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। चाइना स्याटेलाइट नेभिगेसन अफिसका अनुसार यसले स्मार्टफोनको एप र कार्यलाई विस्तार गर्न र प्रभावकारी रूपमा मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्नेछ।

यसले दूरसञ्चार, यातायात, विपद् रोकथाम र न्यूनीकरण, कृषि, वन, पशुपालन र बिजुली आपूर्ति जस्ता अन्य विभिन्न उद्योगहरूसँग गहिरो रूपमा एकीकरण गर्ने बीडीएसको क्षमता पनि देखाउँछ।

चीनको राष्ट्रिय विकास र सुधार आयोग (एनडीआरएस) अनुसार बीडीएसले स्मार्टफोन र स्मार्ट वेयरेवल डिभाइसहरूमा व्यापक प्रयोगद्वारा प्रतिनिधित्व गर्ने ठूलो खपतमा व्यापक सफलता हासिल गरेको छ।

२०२१ मा, बीडीएस एप्लिकेसन सपोर्ट भएका चीनमा निर्मित स्मार्टफोनको संख्या ३२ करोड ४० लाख युनिट पुगेको थियो, जुन त्यही वर्ष देशको स्मार्टफोन ढुवानीको ९४.५ प्रतिशत भएको एनडीआरसीको तथ्याङ्कले देखाएको छ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार