रकम ट्रान्सफर शुल्क बढाउँदै पेपल र भेन्मो

  • Technology Khabar | ९ बैशाख २०७९, शुक्रबार
रकम ट्रान्सफर शुल्क बढाउँदै पेपल र भेन्मो

काठमाडौं ।

भुक्तानी सेवा प्रदायक पेपल र भेन्मोले रकम ट्रान्सफर शुल्क बढाउने भएका छन्।

टेकक्रन्चका अनुसार यी दुवै प्लेटफर्मले यसै हप्तादेखि अमेरिकाका उपभोक्ता र मर्चेन्ट दुवैलाई लागू हुनेगरी ‘तत्काल ट्रान्सफर शुल्क’ बढाउने भएका हुन्।

पेपलले यसबारेमा गत बिहीबार घोषणा गरेको समाचारमा उल्लेख छ। इन्स्ट्यान्ट ट्रान्सफर अर्थात् तत्काल ट्रान्सफर सेवाले उपभोक्तालाई आफ्ना रकम तत्कालै बैंक एकाउन्ट तथा डेबिट कार्डमा ट्रान्सफर गर्ने सुविधा दिन्छ।

पेपलमा व्यक्तिगत एकाउन्ट तथा भेन्मोमा उपभोक्ता तथा बिजनेस प्रोफाइलका हकमा उपभोक्ताले ट्रान्सफर गरेको रकमको १.७५ प्रतिशत रकम शुल्क तिर्नुपर्ने हुन्छ।

यसमा न्यूनतम ०.२५ डलर र अधिकतम २५ डलरसम्मको सीमा तोकिएको टेकक्रन्चले उल्लेख गरेको छ।

यो परिवर्तन अघि इन्स्ट्यान्ट ट्रान्सफर शुल्क पेपलको व्यक्तिगत तथा भेन्मोमा रहेक उपभोक्ता तथा बिजनेस प्रोफाइलका लागि ट्रान्सफर हुने रकमको ०.५० प्रतिशत रहेको थियो। यसमा ०.२५ देखि १५ डलरसम्मको सीमा लागू गरिएको थियो।‍

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...