
काठमाडौं ।
ज्योति विकास बैंकले काठमाडौं महानगरीय प्रहरी वृत लैनचौरलाई सिसिटिभी क्यामराहरू हस्तान्तरण गरेको छ।
लैनचौर प्रहरी वृतमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका सहायक महाप्रबन्धक रामहरि आचार्य र बैंकका बालाजु शाखा प्रबन्धक राकेश डंगोलले संयुक्त रुपमा महानगरीय प्रहरी वृत लैनचौरका प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाललाई क्यामरा हस्तान्तरण गरेका हुन् ।
बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरूको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले उक्त सहयोग गरेको हो।
ज्योति विकास बैंकले हाल ११६ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार