गुगलले प्ले स्टोरमा रहेका कल रेकर्डिङ गर्ने एपहरु बन्द गर्ने

  • Technology Khabar | ८ बैशाख २०७९, बिहीबार
गुगलले प्ले स्टोरमा रहेका कल रेकर्डिङ गर्ने एपहरु बन्द गर्ने

काठमाडौं ।

गुगलले प्लेस्टोरमा रहेका सबै तेस्रो पक्षका कल रेकर्डिङ एपहरु हटाउने भएको छ।

एन्ड्रोइड १० शुरु भएपछि आफ्नै कल रेकर्डिङ फिचर बन्द गरेको गुगलले नयाँ गुगल प्ले नीति अनुरुप तेस्रो पक्षका यस्ता एपलाई बन्द गर्न लागेको जीएसएएरिनाले जनाएको छ।

विश्वका विभिन्न ठाउँमा कल रेकर्डिङसम्बन्धी कानून फरक फरक भएकाले यो नयाँ परिवर्तन सुधारिएको गोपनीयता तथा सुरक्षामा केन्द्रित हुने बुझिएको छ। तर यसअघि इन्स्टल गरिएका यस्ता एपहरुमा भने यो नीतिले केही फरक पार्नेछैन।

पिक्सेल तथा शाओमीका डायलरहरु भने अपवादका रुपमा रहने बुझिएको छ। यी डायलरहरुमा नेटिभ कल रेकर्डिङ फिचर भएकाले अपवादका रुपमा लिइने बताइएको छ। तर बन्द नगरिए पनि त्यस्ता डायलरहरुका लागि पनि केही थप नियम आउने अपेक्षा गरिएको छ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार