
काठमाडौं ।
एटीएन्डटीले बिहीबार आफ्नो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ।
प्रतिवेदनमा कम्पनीले फाइबर इन्टरनेट तथा फाइभजी सेवाको विस्तारमार्फत् पहिलो त्रैमासमा उक्त आँकडाको वृद्धि गरेको रोयटर्सले जनाएको छ।
ड्यालसको टेक्ससमा रहेको कम्पनी एटीएन्डटी अन्तर्गतको वार्नरमिडिया यूनिटले हालै डिस्कभरी इंकसँग मर्जर गरेर नयाँ संस्था वार्नर ब्रोज स्थापना गरेको छ।
डिस्कभरीले यो त्रैमासमा ६ लाख ९१ हजार मासिक फोन ग्राहक थपेको प्रतिवेदन छ।
डिस्कभरीले यो त्रैमासमा ६ लाख ९१ हजार मासिक फोन ग्राहक थपेको प्रतिवेदन छ।
एटीएन्डटीले मिडिया तथा मनोरञ्जन कम्पनी बन्ने वर्षौंको अभ्यासपछि हाल आएर इन्टरनेट र फोन सेवा दिने आफ्नो मौलिक व्यवसायमै पुन केन्द्रित हुने बताइएको छ।
कम्पनीको कोर वायरलेसको आम्दानी गत वर्षको पहिलो त्रैमासको २९ अर्ब डलरको तुलनामा ७० करोड बढेर २९.७ अर्ब डलर रहेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार