हाम्रोबजार डटकमका सीईओ र नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

  • Technology Khabar | ८ बैशाख २०७९, बिहीबार
हाम्रोबजार डटकमका सीईओ र नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं ।

अनलाइन मार्केट हाम्रोबजार डटकमका सीईओ तथा फुड डेलिभरी कम्पनी फुडमारियोका सह संस्थापक रोहित तिवारी र केकी अधिकारी विवाह बन्धनमा बाँधिदैछन्।

तिवारी र नायिका अधिकारीबीचको प्रेम सम्बन्धलाई विवाह बन्धनमा परिवर्तन गर्न लागिएको बताईएको हो। उनीहरुले आज बिहिबार एउटा सानो जमघटमा लगनगाँठो कस्न लागेका हुन्।

केकी र रोहित केही समयदेखि प्रेममा थिए। तर, आफूहरू बिचको अफेयरलाई सार्वजनिक गरेका थिएनन्।

तिवारी फोर्ब्सको थर्टी अण्डर थर्टी एशिया २०२० मा परेका नेपाली युवा उद्यमी समेत हुन्। बुधबार मेहन्दी कार्यक्रमको तस्बिर सार्वजनिक भएको थियो।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार