मेरा सबै कम्पनी लोककल्याणकारी: इलन मस्क

  • Technology Khabar | ८ बैशाख २०७९, बिहीबार
मेरा सबै कम्पनी लोककल्याणकारी: इलन मस्क

काठमाडौं ।

टेस्ला कम्पनीका सीईओ इलन मस्कले आफ्ना सबै कम्पनीहरु लोक कल्याणकारी भएको बताएका छन्।

हालै एक अन्तरवार्तामा उनले आफ्ना कम्पनीहरुले समग्रमा मानवताको भविष्यका लागि काम गर्ने भएकाले तिनहरु सबै लोक कल्याणकारी भएको तर्क राखेका हुन्।

टेडका निर्देशक क्रिस एन्डर्सनले मस्कलाई अर्बपति मानवकल्याण वा लोककल्याणबारेको धारणा सोधेपछि त्यसको जवाफमा मस्कले भने, ‘ यदि तपाईँ ‘असल’ शब्दको धारणाको सट्टा यथार्थमा ध्यान दिनुहुन्छ भने मानवकल्याण साँच्चै असहज छ। स्पेसएक्स, टेस्ला, न्यूरालिंक, द बोरिङ को. आदि कम्पनी मानव कल्याणकारी हुन्। यदि तपाईँ मानवकल्याण भनेको मानवताप्रतिको माया हो भन्नेमा सहमत हुनुहुन्छ भने ती कम्पनी मानव कल्याणकारी हुन्। ’

उनले टेस्लाले दीगो उर्जालाई प्रश्रय दिइरहेको पनि थपे। यसबाहेक उनको अन्तरिक्ष अनुसन्धान कम्पनी स्पेसएक्सले बहु-ग्रहका प्राणीबिच दीर्घकालीन रुपमा मानव जीवन बाँच्न सकोस् भन्नेतर्फ लक्षित भएर काम गरिरहेको पनि बताए।

उनको ब्रेन माइक्रोचिप कम्पनी न्यूरालिंकले दिमागी चोट तथा त्यसका विद्यमान जोखिमलाई समाधान गर्न एआईको प्रयोग गरिरहेको बताइएको छर यस्तै सुरुङ खन्ने कम्पनीले यातायात समस्या समाधान गर्नेतर्फ काम गरिरहेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार