अब इन्स्टाग्राम रील्समार्फत् फन्डरेजरहरुलाई रकम दान गर्न सकिने

  • Technology Khabar | ८ बैशाख २०७९, बिहीबार

काठमाडौं ।

इन्स्टाग्रामले रील्समार्फत् रकम सिर्जना गरेर फन्डरेजरहरुलाई दान गर्न सकिने फिचर ल्याउने भएको छ।

विश्वका ३० देशका यूजरले १५ लाख गैर नाफामूलक संस्थालाई रकम दान गर्नका लागि लिंक राख्न सक्ने इन्ग्याजेटले जनाएको छ।

उक्त फन्डरेजर टूल केही समययता स्टोरिज तथा लाइभस्ट्रिममा उपलब्ध हुँदै आएको छ।

यो फिचर मेटाको अर्थ डे का बेला घोषणा गरिएको थियो। मेटाले ४० लाख मानिसहरुले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेका गैरनाफामूलक संस्थाहरुलाई १५ करोड डलर दान गरिसकेको बताएको छ।

दाताको सङ्ख्याका आधारमा सबैभन्दा लोकप्रिय वातावरणीय क्षेत्र द ओसन क्लिनअप, डब्लूडब्लूएफ तथा शेल्ड्रिक वाइल्डलाइफ ट्रस्ट रहेका इन्ग्याजेटले उल्लेख गरेको छ।

यीमध्ये गतवर्ष इन्स्टाग्राममा आएको सबैभन्दा बढी रकम २० डलर मुनि रहेको बताइएको छ। मेटाले च्यारिटीका लागि आउने रकमको भुक्तानी प्रक्रिया शुल्क आफैंले तिरिदिने भएकाले दान गरेको सबै रकम गैर नाफामूलक संस्थालाई जान्छ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार