ट्विटर किन्ने इलन मस्कको प्रस्तावप्रति ज्याक डोर्सीद्वारा ट्विटरमै आक्रोश

  • Technology Khabar | ७ बैशाख २०७९, बुधबार
ट्विटर किन्ने इलन मस्कको प्रस्तावप्रति ज्याक डोर्सीद्वारा ट्विटरमै आक्रोश

काठमाडौं ।

ट्विटर इंकका सह संस्थापक ज्याक डोर्सीले कम्पनीको बोर्डका बारेमा श्रृङ्खलाबद्ध ट्वीट गरेका छन्।

डोर्सीले सोमबार इलन मस्कको ४३ अर्ब डलरमा ट्विटर किन्ने प्रस्तावलाई लक्षित गर्दै ती ट्वीटहरु गरेका हुन्।

ट्विटरका बोर्ड सदस्यसमेत रहेका डोर्सीले गत हप्ता ट्विटरको बोर्ड ‘लगातार रुपमा कम्पनीको काम बिगार्न’ तल्लीन रहेको उल्लेख गरेका थिए।

गत सोमबार भने उनी कम्पनीको सीईओ भएका बेला यसबारे किन कदम नचालेको भन्ने प्रश्नको जवाफमा डोर्सीले त्यति बेला आफू वाक स्वतन्त्रताको सीमाभित्र बस्नुपरेको भन्दै आक्रोश पोखेका थिए।

‘धेरै कुरा भन्नु छ…….. तर केही भन्न सकिएको छैन’, डोर्सीको ट्वीटमा उल्लेख छ।

डोर्सीको ट्वीट मस्कले ९.२ प्रतिशत शेयर किनेर त्यसपछि कम्पनी नै किन्ने प्रस्ताव गरेको २ हप्तापछि आएको हो। गत शुक्रबार बोर्डले कम्पनीमा मस्कको शेयर थपिने अवस्था रोक्न एउटा निर्णय गरेको थियो।

‘आफ्ना सबै ब्यवधान छिचोलेर तपाईँको प्रश्नको उत्तर दिउँ भन्ने मेरो चाहना छ तर अफशोच….’, डोर्सीले आफना धारणा प्रस्तुत गर्न आग्रह गरिएको अर्को ट्वीटको जवाफमा लेखेका छन्।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ७ बैशाख २०७९, बुधबार