फक्सकनले फक्सवेलसँग हरित उर्जा खरिद गर्ने

  • Technology Khabar | ७ बैशाख २०७९, बुधबार
फक्सकनले फक्सवेलसँग हरित उर्जा खरिद गर्ने

काठमाडौं ।

फक्सकन इलेक्ट्रोनिक्सले हरित उर्जा खरिदका लागि फक्सवेल पावरसँग सम्झौता गरेको छ।

कम्पनीले ताइवानमा रहेका आफ्ना फ्याकट्रीहरुमा प्रयोगका लागि हरित उर्जा खरिद गर्न लागेको डिजिटाइम्सले उल्लेख गरेको छ।

फक्सकनले यो वर्ष २.३६ किलो वाटआवर हरित उर्जा खरिद गर्ने र समग्रमा ७ करोड किलो वाटआवर नपुगुन्जेल बर्सेनि थप्दै जाने बताएको छ।

यसो गर्दा सन् २०३० भित्र समग्रमा ३५ हजार १४० मेट्रिक टन कार्बन उत्सर्जन कम हुने फक्सकनको अपेक्षा छ।

उर्जा भण्डारण प्रणालीसँग मेल खाने हरित उर्जा खरिदमार्फत् फक्सकनले सन् २०३० भित्र विश्वभरका आफ्ना सबै कार्यालयहरुमा खुद-शून्य कार्बन उत्सर्जन गरी सन् २०५० भित्र विश्वभरका आफ्ना सबै फ्याक्ट्रीहरुमा समेत खुद-शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्ति गर्ने उद्देश्य लिएको डिजिटाइम्सले उल्लेख गरेको छ।

फक्सकनले आफ्ना प्रत्येक फ्याक्ट्रीमा हरितगृह ग्याँस उत्सर्जनको मात्रा ट्र्याक गरेर त्यसलाई कम गर्न विज्ञानमा आधारित कदम चाल्ने, हरित उर्जा आपूर्ति श्रृङ्खला व्यवस्थापन गर्ने तथा कार्बन कम गर्ने परियोजनाहरु कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार