स्ट्यान्फोर्ड विश्वविद्यालयका अनुसन्धाताले बनाए कम उर्जा खपत गर्ने डाटा स्टोरेज

  • Technology Khabar | ७ बैशाख २०७९, बुधबार
स्ट्यान्फोर्ड विश्वविद्यालयका अनुसन्धाताले बनाए कम उर्जा खपत गर्ने डाटा स्टोरेज

काठमाडौं ।

स्ट्यान्फोर्ड विश्वविद्यालयको इलेक्ट्रिकल इन्जिनीयरिङ स्कूलका अनुसन्धाताहरुले कम उर्जा खपत गर्ने डाटा स्टोरेज तयार पारेका छन्।

लचिलो र मोड्न सकिने सबस्ट्रेटमा राखेपछि १०० गुणा कम उर्जा खपत गर्ने पदार्थबाट निर्मित उक्त फ्लेक्सिबल फेज-चेन्ज मेमोरी प्रविधिले अझ कम उर्जा खपत गर्ने डाटा स्टोरेज निर्माण गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।

इन्टेललगायतका कम्पनीले यसअघि नै फेज चेन्ज मेमोरीलाई व्यावसायिकरण गरिसकेका भए पनि प्रविधि कम्पनीहरु अझै कम उर्जा खपत गर्ने प्रविधि खोज्नमा तल्लीन छन्।

अनुसन्धाताहरुले आफ्नो कामले भविष्यमा आउने स्मार्टफोनमा प्रयोग हुने फोल्डेबल स्क्रीन तथा लचिलो प्रोसेसरजस्ता लचिला इलेक्ट्रोनिक्सका लागि आवश्यक अभ्युदयी प्रविधिका लागि सोचेभन्दा धेरै गुणा कम उर्जा खपत गर्ने मार्गप्रशस्त गर्ने जनाएका छन्।

उक्त विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनीयरिङ विद्यावारिधी चौथो वर्षमा अध्ययनरत विद्यार्थी आसिर इन्तिसर खानले कम्प्युटर, मोबाइल फोन र डिजिटल क्यामराहरुजस्ता कन्जुमर इलेक्ट्रोनिक्सको आकार घट्दै जान थालेपछि तिनीहरुलाई अझ फास्ट मेमोरी आवश्यक पर्ने बताएका छन्।

‘हाम्रो उच्च घनत्वयुक्त उर्जा कम खपत गर्ने र फास्ट मेमोरी प्रविधि यी कन्जुमर इलेक्ट्रोनिक्समा विजेता सावित हुन सक्छ’, उनले भने।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार