
काठमाडौं ।
लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक पेज ह्याक भएको छ। उनी आफैंले फेसबुक एकाउन्ट ह्याक गरेर अनावश्यक कुरा लेखिदिएको जानकारी दिएका हुन्।
महतोले यसअघि लोसपाबाट विश्राम लिएको र कार्यकर्ताहरुलाई धन्यवाद दिएको सो फेसबुक पोस्टमा लेखिएको थियो।
सोही पोस्टको स्क्रिनसट राखेर उनले एकाउन्ट ह्याक भएको बताएका हुन्।उनले लोसपा छोडेकोमा कुनै सत्यता नभएको र यस्तो गर्नेलाई कानूनी कारबाही गर्ने बताएका छन्।
“मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार संप्रेसन गरेको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु। यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्नेछु,” उनले नयाँ पोस्टमा लेखेका छन्।
लोसपाबाट विश्राम लिएको पोस्ट उनको पेजबाट हाल हटाईसकेको छ।
महतोको फेसबुक पेजमा करिब ९८ हजार फलोअरहरु छन भने पेज भेरिफाइड रहेको छ।
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार