वनप्लस नर्ड बड्सको विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

  • Technology Khabar | ६ बैशाख २०७९, मंगलवार

काठमाडौं ।

चिनियाँ टेक ब्रान्ड वनप्लसले आफ्नो वनप्लस नर्ड बड्स आगामी अप्रिल २८ मा भारतमा सार्वजनिक गर्ने भएको छ।

उक्त दिन वनप्लस नर्ड बड्सका साथमा वनप्लस १०आर फाइभजी र वनप्लस नर्ड सीई २ लाइट फाइभजी स्मार्टफोनहरु पनि सार्वजनिक हुने जीएसएमएरिनाले जनाएको छ।

यो इभेन्ट आगामी अप्रिल २८ का दिन स्थानीय समय अनुसार बेलुकी ७ बजे अनलाइन संस्करणमा आयोजना हुने तय भएको छ।

वनप्लस नर्ड बड्स टीडब्लूएस अर्थात् ट्रू वायरलेस बड्सहरु हुन्। नर्डको ब्राण्डिङ भएकाले यसको मूल्य यो लाइनअपका अन्य डिभाइसभन्दा सुपथ नै रहने अपेक्षा गर्न सकिन्छ। यो लाइनअपमा यसअघि नै वनप्लस बड्स प्रो तथा वनप्लस बड्स जेड२ पनि आइसकेका छन्।

यी डिभाइसका धेरै विवरण अझै बाहिरिन बाँकी भए पनि यसमा १२.४ मिलिमिटरको ड्राइभर, आईपी५५ रेटिङ, ३० घण्टाको ब्याट्री लाइफ तथा ब्लूटूथ ५.२ उपलब्ध हुने भने सुनिश्चित भइसकेको छ।

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया