छैसठ्ठी करोड रुपैयाँ बराबरको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीनजना पक्राउ

  • Technology Khabar | ६ बैशाख २०७९, मंगलवार
छैसठ्ठी करोड रुपैयाँ बराबरको प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीनजना पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबार गर्ने तीनजना व्यक्तिहरुलाई पक्राउ गरेको छ। उनीहरुले छैसठ्ठी करोड उनानसी लाख रुपैयाँको कारोबार गरेको देखिएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा केहि व्यक्तिहरु राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनिमय, निर्देशन, आदेश बिपरित क्रिप्टोकरेन्सीको बित्तिय कारोवारमा सक्रिय रहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुको निग्रानी राख्न काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाबाट परिचालन गरिएको बिषेश टोलीले अनुप मिश्र, दिपेश थापा, राहुल चचानलाई पक्राउ गरेको हो।

उनीहरुले पालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सीहरु बिटक्वाइन, यूएसडीटी, सोलाना, इथेरियमलगातयका बिभिन्न करेन्सीहरुको अबैध कारोबारमा सक्रिय रहेको प्रहरीको आरोप छ।

तीनै जनालाई २०७९ बैशाख ४ र ५ गते काठमाडौंको महाबौद्ध, न्यूरोड र कलंकीबाट क्रिप्टोको कारोबार गर्न निजहरुले प्रयोग गर्दै आएको विद्युतीय उपकरण सहित पक्राउ गरि अनुसन्धान गर्दा निजहरुले हालसम्म जम्मा छैसठ्ठी करोड उनानसी लाख उनानसी हजार नौ सय त्रियासी रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको प्रहरीले उल्लेख गरेको छ।

निजहरुलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवाश्यक कारबाही एवं थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, टेकु, काठमाण्डौ पठाईएको महाशाखाले जनाएको छ।

प्रहरीकाअनुसार पक्राउ परेका व्यक्तिहरु मध्ये अनुप मिश्रले सन् २०२१ मे देखि हालसम्म बाइनान्स एकाउन्ट प्रयोग गरि यूएसडीटी, इथर, शिबा, एडीए, भीईटी, अल्फा लगायतका २० वटा क्रिप्टो करेन्सीहरु जम्मा नेपाली रुपैयाँ पैतिस करोड छयालिस लाख त्रीयासी हजार छ सय एघार रुपैयाँ चौवालिस पैसा बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो बाइनान्स एकाउन्टमा जम्मा अमेरिकी डलर बाह्र हजार आठ सय बत्तिस दशमलव तेह्र बराबरको ०.३१७३६९१९ बिटक्वाईन मौज्दात रहेको देखिएको छ।
त्यसैगरी अर्का पक्राउ परेका व्यक्ति दिपेश थापाले सन् २०२१ मे देखि हालसम्म २ वटा बाइनान्स एकाउन्टमामार्फत् बिटक्वाइन,यूएसडीटी, डजी लगायतका ७ वटा क्रिप्टोकरेन्सीहरु मार्फत् जम्मा नेपाली चौबिस करोड उनानसी लाख छपन्न हजार नौ सय अठार रुपैयाँ बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो बाइनान्स एकाउन्टमामा जम्मा एक सय पैतालिस दशमलव चालिस अमेरिकी डलर बराबरको ०.०३६०१३९२ बिटक्वाईन मौज्दात रहेको देखिएको छ।
पक्राउ परेका राहुल चचानले करिब १ बर्ष अघि देखि हालसम्म यूएसडीटी, शिबा, एलडीशिबा२, इथर, एटीए, एक्सईसी लगायतका २० ओटा क्रिप्टो करेन्सीहरु जम्मा ६ करोड त्रिपन्न लाख उनान्चालिस हजार चारसय उनान्चालिस रुपैयाँ बत्तिस पैसा बराबरको कारोबार गरेको देखिन आएको र हाल निजसंग आफ्नो अमेरिकी डलर मा जम्मा छ सय एकाउन्न अमेरिकी डलर बराबरको बिटक्वाईन मौज्दात रहेको देखिएको छ।
निजहरुले दैनिक पाँच हजार देखि ५० हजार सम्म अमेरिकी डलरको कारोबार गर्ने गरेको, त्यस्ता क्रिप्टोहरु वानएक्सबेट, हाइपर फण्डलगातयका अनलाईन प्लेफर्महरुमा इन्भेष्ट हुने गरेको बताईएको छ। । साथै व्यापारिक प्रयोजनका सामाग्रीहरु बिदेशबाट आयात गर्दा समेत अनलाइनमार्फत् क्रिप्टोकै रुपमा पेमेन्ट गर्न प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ।
अबैध भएकाले क्रिप्टोको कारोबार गर्ने व्यक्तिहरुले आफ्नो पहिचान गोप्य राखी अन्य सयौँ जना व्यक्तिहरु प्रयोग गरि तिनका नाममा बैंक खाता र बाइनान्स एकाउन्ट खोल्न लगाई निश्चित रकमको कमिसन प्रलोभन देखाई क्रिप्टो ट्रेड गर्न प्रोत्साहित गर्दै प्रयोग गरेको देखिएको प्रहरीले दाबी गरेको छ।

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार