टेस्लाले अब नयाँ कार बिक्री गर्दा मोबाइल कनेक्टर साथमा नदिने

  • Technology Khabar | ६ बैशाख २०७९, मंगलवार
टेस्लाले अब नयाँ कार बिक्री गर्दा मोबाइल कनेक्टर साथमा नदिने

काठमाडौं ।

टेस्लाले अबदखि सबै कारहरु बेच्दा किन्दा मोबाइल कनेक्टर साथमा नदिने भएको छ।

यसको सट्टा बरु २ सय डलर मूल्यमा आफ्नो जेन २ लेभल १ सँग बन्डल गरेर छुट्टै बिक्री गर्ने निर्णय गरेको छ।

कम्पनीका सीईओ इलन मस्कले हालै थुप्रै ट्वीटहरुको श्रृङ्खलामार्फत् यो जानकारी प्रस्ट पारेका हुन्।

एउटा एडप्टरका साथमा आउने उक्त मोबाइल कनेक्टर बन्डलमार्फत् चालकले आफ्ना कारलाई ११० भोल्टको स्ट्याण्डर्ड घरायशी आउटलेटमार्फत् चार्ज गर्न सक्दछन्। यसबाहेक अन्य एडप्टर भने छुट्टै किन्नुपर्ने द भर्जले उल्लेख गरेको छ।

गत शनिबार राति @टेस्ला_एड्री नामक ट्विटर यूजरले टेस्लाले आफ्नो सपोर्ट पेजमा कार किन्दा मोबाइल कनेक्टर बन्डल साथमा नआउने संकेत गरेको पोस्ट गरेका थिए।

यूजरहरुको प्रतिक्रियाको जवाफ दिँदै सीईओ मस्कले कम्पनीले अबदेखि कार किन्दा जेन २ मोबाइल कनेक्टर उपलब्ध नगराउने प्रस्ट पारेका हुन्।

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार