
काठमाडौं ।
नासाले आफ्नो स्पेस लञ्च सिस्टमको थुप्रै परीक्षणपछि अब भने परीक्षण प्रक्षेपणको मिति तय गरेको छ।
शनिबार साँझ उक्त एजेन्सीले एसएलएस अर्थात् स्पेस लञ्च सिस्टमलाई यसको नाइट्रोजन सप्लायरलाई गम्भीर रुपमा अपग्रेड गर्नका लागि केनेडी स्पेस सेन्टरको भेहिकल एसेम्ब्ली बिल्डिङमा लैजाने घोषणा गरेको थियो।
स्पेस न्यूजका अनुसार नाइट्रोजन सप्लाइको समस्याका कारण यसअघि तय भएका दुई ओटा काउन्टडाउन रिहर्सलहरुमा ढिलाई भइसकेको छ।
यसै क्रममा एजेन्सीले गडबडी आएको हिलियम चेक भल्भ फेर्ने तथा प्राविधिकहरुले भेटेको रकेटको मोबाइल लञ्च टावरसँग जोडिएको भित्री इन्धन लाइनमा रहेको सामान्य हाइड्रोजन लीकलाई पनि मर्मत गर्ने बुझिएको छ।
‘त्यतिबेला एजेन्सीले प्रक्षेपणअघि प्रोपेलर लोडिङको प्रक्रियाको प्रदर्शन गर्ने तालिका र विकल्पको पनि समीक्षा गर्नेछ’,नासाले भन्यो।
अप्रिल १ देखि नासाले आर्टिमिस १ मून मिसनको ‘वेट ड्रेस रिहर्सल’ पूरा गर्न तीन पटक प्रयास गरिसकेको छ।
यो परीक्षण यसै वर्ष प्रक्षेपण हुने एसएलएसको काउन्टडाउन प्रक्रियाको लागि डिजाइन गरिएको रोयटर्सले उल्लेख गरेको छ।
नासाले हालसालै अप्रिल १४ मा उक्त परीक्षणको परिमार्जित भर्सन पूरा गरेको थियो तर रकेटको मोबाइल लञ्च टावरमा हाइड्रोजन लीक भएको पाइएकाले परीक्षण छोट्याइएको थियो।
यसअघि नासाले अप्रिल २१ मा परीक्षण गर्ने मिति तय गरे पनि विविध समस्याका कारण पछि सारिएको बुझिएको छ।
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार