इन्फोसिस लिमिटेडको शेयर मूल्य ९ प्रतिशतले घट्यो

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
इन्फोसिस लिमिटेडको शेयर मूल्य ९ प्रतिशतले घट्यो

काठमाडौं ।

भारतको इन्फोसिस लिमिटेडको शेयर मूल्यमा सोमबार ९ प्रतिशतको गिरावट आएको छ।

यो मूल्य ८ महिनायताकै सबैभन्दा कम रहेको बुझिएको छ। कम्पनीले गत हप्ता अपेक्षाकृत थोरै त्रैमासिक आम्दानी प्रस्तुत गरेको थियो जसको मुख्य कारण कोरोना महामारीपछि व्यवसाय वृद्धि घट्ने रहेको रोयटर्सले उल्लेख गरेको छ।

बुधबारको कारोबार समयपछि भारतकै दोस्रो ठूलो सफ्टवेयर कम्पनी इन्फोसिसले मार्च ३१ मा सकिएको त्रैमासमा ५६ अर्ब ८६ करोड भारु खुद नाफा गरेको विवरण प्रस्तुत गरेको थियो।

यो आँकडा विश्लेषकहरुले गरेको ५९ अर्ब ८० करोड रुपैयाँभन्दा कम रहेको रोयटर्समा उल्लेख छ।

कम्पनीको नाफा बढ्नुमा कोरोना महामारीका बेला क्लाउड कम्प्युटिङदेखि साइबर सेक्युरिटीसम्म गरिएको उच्च लगानी रहेको बताइएको छ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार