
काठमाडौं ।
यदि तपाईको स्मार्ट फोनको स्पिकर बारम्बार बिग्रन्छ भने त्यसमा कम्पनीको मात्रै नराम्रो नभई केही गल्ती तपाइको पनि हुनसक्ने संभावना रहन्छ।किनभने धेरै पटक मानिसलाई थाहा नभईकन नै फोनको स्पिकर बिग्रन्छ। त्यसैले आज हामी तपाइँको फोनको स्पिकर कसरी बचाउने भनेर बताउने प्रयास गर्नेछौं।
वर्षाको मौसममा स्मार्टफोनलाई छोप्नुस्
यदि तपाईं वर्षाको मौसममा बाहिर जाँदै हुनुहुन्छ भने स्मार्टफोनलाई छोपेर राख्ने प्रयास गर्नुहोस्। यस्तो बेलामा फोनको स्पिकर ग्रिलहरुमा पानी पर्नबाट बचाउनुहोस्।
पसिना आउँदा कुरा नगर्नुहोस्
धेरै पटक जिममा वर्कआउट गर्दा पनि मानिसहरु स्मार्टफोनको प्रयोग गर्छन्, तर यस्तो गर्नुहुँदैन किनभने तपाईको शरीरबाट निस्कने पसिना स्मार्टफोनको स्पिकरमा पसेमा पनि खराब हुन सक्छ। त्यस्तै अधिक पसिना आएको बेलामा पनि स्मार्टफोनलाई नचलाउनुहोस्। कसरतको समयमा वा अधिक पसिना आउने अवस्थामा स्मार्टफोन प्रयोग नगर्नु राम्रो हुन्छ।
फोहोर सफा गर्नुहोस्
धेरै पटक, तपाईको स्मार्टफोनको स्पिकरमा धुलो जम्मा हुन थाल्छ, यदि तपाईले यसलाई समयमै सफा गर्नुभएन भने, यसले भित्र स्पिकरमा फोहोरजम्मा हुने र साउन्ड नसुनिने हुन्छ। त्यस्तै यसले भित्र आद्रता बनाउने गर्नसक्दछ, जसको कारण तपाईको स्मार्टफोनको स्पिकरमा समस्या हुन सक्छ। तपाईं सजिलैसँग यो फोहोर सफा गर्न सक्नुहुन्छ ताकि स्पिकर पूर्ण रूपमा ठीक हुनेछ।
स्मार्टफोन स्पिकरलाई तिखो वस्तुले नघोच्नुस्
धेरै जसो मानिसहरुले हेलचेक्र्याईँ गरेर स्मार्टफोनको स्पिकरमा सियो जस्तै तिखो वस्तुले घोचेर जाँच गर्ने वा हेर्ने गर्दछन् । तर त्यस्तो काम बन्द गर्नुहोस्। यसले स्मार्टफोनको स्पिकरमा गंभिर असर गर्दछ र स्पिकर नै फेर्नुपर्ने अवस्था आउन सक्दछ।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार