ग्रुप फिचरमा उल्लेख्य परिवर्तन ल्याउँदै ह्वाट्सएप

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
ग्रुप फिचरमा उल्लेख्य परिवर्तन ल्याउँदै ह्वाट्सएप

काठमाडौं ।

मेसेजिङ एप ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा हालै दुई ओटा परिवर्तनहरुको घोषणा गरेको छ।

यो घोषणा अनुसार मेसेजिङ एपको ग्रुप फिचरमा महत्वपूर्ण परिवर्तन आउने देखिएको छ।

कम्पनीका अनुसार ह्वाट्सएपमा नयाँ कम्युनिटिज फिचर इनेबल हुने भएको छ जसले विशेष स्पेसमा विभिन्न ग्रुपहरुलाई एकत्रित गर्नेछ।

यसबाट एडमिनिस्ट्रेटरहरुले एकै पटकमा लाखौं जनालाई मेसेज पठाउन सक्ने गिजचाइनाले उल्लेख गरेको छ।

ह्वाट्सएप कम्युनिटिज विश्वस्तरमै परीक्षण गरिने र ब्राजिलमा भने आसन्न चुनावका कारण यो सेवा तत्काल उपलब्ध नहुने पनि समाचारमा उल्लेख छ। यसो गर्नुको पछाडि राजनीतिक समूहले अप्रामाणिक मेसेज पठाएर यूजरहरुलाई दिक्क नपारुन् भन्ने रहेको बुझिएको छ।

यो निर्णय ह्वाट्सएप तथा ब्राजिलको संघीय अदालतबिचको कानूनी सम्झौताको अंश भएको बुझिएको छ।

कम्पनीका सीईओ विल क्याथकार्टले ब्राजिलमा चुनावअघि ह्वाट्सएपमा कुनै उल्लेख्य परिवर्तन उपलब्ध नगराउने प्रस्ट पारेका छन्।

परिणामस्वरुप ब्राजिलमा नोभेम्बर वा डिसेम्बरमा चुनाव हुनुअघि ह्वाट्सएपमा कुनै अपडेट उपलब्ध हुने छैन।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार