
काठमाडौं ।
जेम्स वेब अन्तरिक्ष टेलिस्कोपमा रहेको मिड इन्फ्रारेड इन्स्ट्रुमेन्ट आफ्नो सञ्चालन तापक्रमको सुपर-लो अर्थात् अति कम अवस्थामा रहेको छ।
बेलायतमा एसेम्बल गरिएकझ उक्त उपकरण हाल माइनस २६७ डिग्री सेल्सियसमा पुगेको बीबीसीले उल्लेख गरेको छ। समाचार अनुसार माइनस ३६७ डिग्री सेल्सियस भन्नाले एब्सोल्यूट जिरो अर्थात् पूर्ण शून्यभन्दा ६ डिग्री सेल्सियसले कम हो।
मिड इन्फ्रारेड इन्स्ट्रुमेन्ट अर्थात् मिरिमा भएको उक्त असोचनीय तापक्रममा सबैखाले अणुहरु पनि चल्न बन्द हुने बीबीसीले समाचारमा उल्लेख गरेको छ।
मिरिको उक्त तापक्रमले वेब अब्जरभेटरीलाई अथाह विवरणका साथ निकै परको ब्रह्माण्ड नियाल्न सघाउ पुर्याउने बताइएको छ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बुधबार सुनिश्चित गरेको तापक्रमको उक्त कोशेढुंगोलाई उक्त उपकरणका सह-प्राचार्य अन्वेषक प्रोफेसर गिलियन राइटले सराहना गरेकी थिइन्।
‘यो चिसिने प्रक्रिया हाम्रो थर्मल डिजाइनको प्रामाणिकता हुन पुगेको छ’,उनले बीबीसीलाई भनिन्।
‘यी कुराहरुको योजना बनाउँदै गर्दा अहिल्यै भविष्यवाणी गर्न नसकिने र भविष्यमा आउनसक्ने परिणामहरुलाई पनि मध्यनजर गर्नुपर्ने हुन्छ। यस्तो प्रक्रियामा यदि यस्तो भएमा? यसो भएमा कसरी प्रतिक्रिया दिने? के होला जस्ता प्रश्नहरु रहन्छन्। तर यो एकै झट्कामा कुनै समस्या बिना नै सम्भव भयो। यो निकै रोमाञ्चक उपलब्धि हो’, उनले थपिन्।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार