लकडाउनका कारण चीनमा एप्पलका उत्पादन र डेल, लेनोभोका ल्यापटप शिपमेन्टमा ढिलाई हुने

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
लकडाउनका कारण चीनमा एप्पलका उत्पादन र डेल, लेनोभोका ल्यापटप शिपमेन्टमा ढिलाई हुने

काठमाडौं ।

चीनमा जारी लकडाउनका कारण एप्पलका केही उत्पादन तथा डेल र लेनोभो ल्यापटप शिपमेन्टमा ढिलाई हुने देखिएको छ।

एक विश्लेषकका अनुसार लकडाउनका कारण चीनमा रहेका आईफोन तथा अन्य कम्पनीका ल्यापटप एसेम्बल गर्ने फ्याक्ट्रीहरु बन्द रहेकाले तोकेको समयमा उत्पादन र शिपमेन्ट हुन नसक्ने अवस्था आएको हो।

कोरोना फैलनबाट रोक्न चीनले राजमार्ग तथा सबै बन्दरगाह बन्द गर्नुका साथै कामदारहरुलाई अलपत्र पार्दै अनगिन्ति फ्याक्ट्रीहरु बन्द गरेको छ।

फ्याक्ट्रीहरु पुन: सञ्चालनका लागि सरकारी निर्णय कुरेर बस्नुपरेका कारण विश्वव्यापी आपूर्ति श्रृङ्खलामा नै निकै गडबडी भएको छ।

एप्पल इंकको आपूर्तिकर्ताले यसै हप्ता आफूले आईफोन १३, एसई सिरिज तथा अन्य मोडल निर्माण हुने शांघाइ र कुनशानका फ्याक्ट्रीको उत्पादन बन्द गर्न सक्ने बताएको रोयटर्सले उल्लेख गरेको छ।

विश्वमै तीन चौथाई म्याकबुक निर्माण गर्ने क्वान्टा कम्प्युटर इंकले पनि उत्पादन बन्द गरेकाले डेलिभरीमा समस्या आउने देखिएको छ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार