
काठमाडौं ।
छिमेकी देश भारतमा शाओमी १२ प्रो प्रवेश गर्न तयार भएको छ। शाओमी इण्डियाले यसको लन्च मिति घोषणा गरेको छ।
नेपाली बजारमा लन्च भएको करिब एक महिनापछि मात्र भारतीय बजारमा शाओमीको फ्यागशिप फोन लन्च हुन लागेको हो। नेपालमा फ्ल्यागशिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो चैत १६ गते लन्च गरेको हो।
अब सोहि फोन भारतमा उपलब्ध हुन लागेको हो। शाओमीको यो प्रिमियम स्मार्टफोन यही २७ अप्रिलमा भारतमा लन्च हुँदैछ। उत्कृष्ट फिचर्सले सुसज्जित यो फोनको डिजाइन पनि एकदमै स्पेशल बनाइएको छ, जुन ग्राहकहरुका लागि निकै आकर्षक देखिन्छ।
भारतमा शाओमी १२ प्रोको लन्च धेरै विशेष छ किनभने यो अहिले शाओमीको सबैभन्दा हाइ इण्ड स्मार्टफोन हो। यसले स्पष्टरूपमा भारतीय बजारमा वनप्लस १० प्रोसँग प्रतिस्पर्धा गर्नेछ, र आईकू ९ प्रो, मोटोरोला एज ३० प्रो, रियलमी जीटी२ प्रो र सामसङ ग्यालेक्सी एस२२ श्रृंखलाहरूसँग पनि प्रतिस्पर्धा गर्नुपर्नेछ।
चीनमा शाओमी १२ प्रोको मूल्य ४,६९९ युआनबाट सुरु हुन्छ।
नेपाली बजारमा यो १२ जीबी प्लस २५६ जीबीको स्टोरेजमा नीलो र बैजनी रङमा शाओमीको आधिकारिक स्टोरहरुमा उपलब्ध रहेको छ। यसको बजार मुल्य रु.१ लाख १४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
भारतीय बजारमा यसको मूल्य कति हुनेछ भन्ने अझै सार्वजनिक भएको छैन्।
शाओमी १२ प्रोबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटो खिच्न सकिने कम्पनीको दाबी छ। यसमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटीमा फोटो कैद गर्न र पछिको लागि हेर्न पनि मजा आउने कम्पनीले जनाएको छ।
एट के सम्मको भिडियोहरु रेकर्ड गर्न सक्ने ५० मेगापिक्सेल वाइड एंगल मुख्य क्यामरा सहितको प्रो ग्रेड ट्रिपल क्यामराले ५० मेगापिक्सेलको मुख्य वाइड एंगल क्यामराले यसलाई आकर्षक लुक दिनुको साथै तस्बिरहरु पनि अत्यन्त राम्रो रेजोलुसनको लिन्छ।
शाओमी १२ प्रोको नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी भएको हुँदा गर्दा यसले पूरा दिन प्रोग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्ने क्षमता रहेको छ।
यसको ४६०० एमएएचको ब्याट्रि बुस्ट मोडमा जम्मा १८ मिनेटमै फुल चार्ज हुन्छ । त्यसैले प्रयोगकर्ताहरुलाई ब्याट्रि र चार्जिङको कुनै समस्या हुँदैन।
यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स वायरलेस चार्जिङको सुविधा पनि छ । यसको अडप्टिभ चार्ज फिचरमा भएको स्मार्ट चार्जिङ एल्गोरिथ्मले ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ ।
कम्पनीकाअनुसार यसको डिजाइन यस्तो तरिकाले गरिएको छ कि औसत नेपालीको हातमा यो फोन आरामसँग अट्छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनि भन्न मिल्छ । यसको स्लिम र हाइ कपासिटीको ब्याट्रि अनि सानो रिंज ग्यापले फोनको स्पेस पनि मजासँग सेभ गरेको छ।
फोनमा ६।७३ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले राखिएको छ जसको रिफ्रेस रेट १२० हर्ज छ भने एचडीआर १० प्लस तथा डल्बी डिजिटल प्लेब्याक सपोर्ट रहेको छ।
प्रकाशित: ४ बैशाख २०७९, आईतवार