
काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेट अनलाइन बजार बिच वैशाख ४ गते सम्झौता भएको छ।
यो सम्झौतापछि फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु जस्तै ल्यापटप, मोबाइल, टिभी र अन्य इलेक्ट्रोनिक्स सामानहरु खरिद गर्दा अधिकतम २० हजार सम्म वा १२.५ प्रतिशत सम्म छुट पाउनेछन्।
उक्त सुविधा मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, कनेक्ट आईपिएस, नेपाल पे क्यूआर कोड प्रयोग गरि छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रबर्द्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराए।
फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरु समेत संचालनमा ल्याएको छ। फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ।
प्रकाशित: ४ बैशाख २०७९, आईतवार