
काठमाडौं ।
विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्क प्रायः चर्चामा रहन्छन्। पछिल्ला केही दिनदेखि उनी ट्विटरका कारण चर्चामा छन्। तर, यसपटक उनी ट्विटर डिलको बारेमा नभई २०१८ मा गरिएको एउटा ट्वीटको बारेमा चर्चामा छन्, जसमा उनले टेस्लालाई निजी कम्पनी बनाउन चाहेको र यसका लागि आफूसँग पर्याप्त पैसा रहेको बताएका छन्।
यसबारे केही लगानीकर्ताले छानबिन गर्न भन्दै अदालतमा निवेदन दिएका थिए । हाल अमेरिकाका एक संघिय न्यायाधीशले टेस्लाको दाबी गलत र भ्रामक भएको पाएका छन्।
फाइलिङका अनुसार अदालतले अप्रिल १ मा मस्कको २०१८ ट्वीटहरू “झूटा र भ्रामक” भएको फैसला गरेको थियो। अदालतले भनेको छ “उनलले लापरवाहीपूर्वक दिएका बयानहरू असत्य हो भनेर बुझेको थियो।”
ठगीको आरोप
गत शुक्रबार राति एक वादीले अदालतमा निवेदन दिएका थिए.। वादीहरूले मुद्दाको सुनुवाई गर्ने संघीय न्यायाधीश एडवर्ड चेनसँग मस्कलाई सार्वजनिक रूपमा टेस्लाको निजीकरणको लागि टेस्लालाई ४२० डलर प्रति शेयरमा खरिद गरेर निजीकरणको लागि कोष गर्ने व्यवस्था गरेको भन्ने कुरा रोक्न आदेश दिन माग गरे।
सेयरधनीहरूले अगस्ट ७, २०१८ को ट्वीट पछि टेस्लालाई स्टक बजारमा भएको घाटामा धोखाधडीको आरोप लगाउँछन्।
मस्कले के भने
इलन मस्कले यस विषयमा केही दिन अघि उनी साउदी अरेबियाको सोभरेन वेल्थ फन्डसँग वार्तामा भएको बताएका थिए र उनी सम्झौतामा पुग्ने विश्वस्त थिए, तर हालसम्म कुनै सम्झौताको घोषणा गरिएको थिएन।
यस्तो छ पुरै विषय
वास्तवमा, मस्कले २०१८ मा ट्वीट गरे, “उनी टेस्लालाई प्रति शेयर ४२० डलरको प्रस्तावका साथ निजी बनाउने विचार गर्दै छन् र यसको लागि कोष को व्यवस्था गरेको छ।” त्यो समय टेस्लाको स्टकको बजार मूल्यभन्दा यो १८ प्रतिशत बढी प्रस्ताव थियो। यो खबरपछि टेस्लाको स्टकमा राम्रो उछाल आएको छ ।
तर, अमेरिकी धितोपत्र नियामक एसईसीले उठाएका प्रश्नका कारण मस्कको योजना सफल हुन सकेन। लगानीकर्ताहरूले टेस्लालाई धितोपत्र ठगीको आरोप लगाएका छन्। सुरुमा मस्कले कोष भएको कुरा गरिरहेका थिए, तर एसईसीको दबाबमा उनले सम्झौता गर्नुपर्यो र उनीमाथि ४ करोड डलर जरिवाना लगाएर पद त्याग्नुपर्यो।
प्रकाशित: ४ बैशाख २०७९, आईतवार