स्थानीय चुनावमा सामाजिक संजालमार्फत प्रचार गर्न कांग्रेसको उपसमिति गठन

  • Technology Khabar | ३ बैशाख २०७९, शनिबार
स्थानीय चुनावमा सामाजिक संजालमार्फत प्रचार गर्न कांग्रेसको उपसमिति गठन
फाइल

काठमाडौं ।

यहि बैशाख ३० मा हुन लागेको स्थानीय चुनावको लागि सामाजिक संजालमार्फत आफ्नो दलको प्रचार प्रसार गर्न नेपाली कांग्रेसले उपसमिति गठन गरेको छ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको २०७८ चैत २२ गतेको बैठकको निर्णयअनुसार, राजेन्द्रकुमार केसीको संयोजकत्वमा ‘नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति’ गठन गरेको हो।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा। प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य केसीको संयोजकत्वमा ७७ ओटै जिल्लाहरुका लागि ८० सदस्यिय सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति गठन गरेको नेपाली कांग्रेसले जनाएको छ।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार