
काठमाडौं ।
गुगलले तपाईंलाई गुगल ड्राइभमा १५ जीबी मात्र खाली ठाउँ दिन्छ। यो १५जीबी सीमामा तपाईंको जिमेल खाता (सन्देश र संलग्न वस्तुहरू) र गुगल फोटोहरू पनि समावेश छन्। यस्तो अवस्थामा गुगल ड्राइभको भण्डारण अर्थात स्टोरेज धेरै छोटो समयमा भरिन्छ।
यद्यपि, केही सजिलो विधिहरू मार्फत, तपाईं गुगल ड्राइभ सफा गर्न सक्नुहुन्छ र फेरि ठाउँ बनाउन सक्नुहुन्छ। यहाँ हामी तपाईंलाई गुगल ड्राइभ खाली गर्ने र स्टोरेज बनाउने तरीका र स्टेपहरू बताइरहेका छौं।
चिन्ता नगर्नुहोस्, यसका लागि तपाईंले गुगल ड्राइभमा धेरै समय खर्च गर्नु पर्दैन। यहाँ तपाईलाई स्टोरेज व्यवस्थापन सुविधा दिइएको छ, जसले साइज अनुसार तपाईका सबै फाइलहरूको सूची बनाउँछ। यसो गर्दा सबैभन्दा ठूलो फाइल शीर्षमा देखा पर्नेछ।
यसरी अनावश्यक फाइलहरू मेटाउनुहोस्
१. सबैभन्दा पहिले आफ्नो ब्राउजरमा गुगल ड्राइभ वेबसाइट खोल्नुहोस्। तपाईले बायाँ भागमा भण्डारण/स्टोरेजको विकल्प देख्नुहुनेछ। यसमा क्लिक गर्नुहोस्।
२. तपाईसँग कति ठाउँ खाली छ भन्ने यसबाट तपाईले थाहा पाउनुहुनेछ। यहाँ तपाईंले सबै ठूला फाइलहरूको सूची पाउनुहुनेछ।
३. यसमा कुनै फाइललाई चयन गर्न केवल सोही एउटा फाइलमा क्लिक गर्नुहोस्। एक भन्दा बढि फाइल चयन गर्न कमांड/कंट्रोल बटन थिच्नुहोस्।
४. फाइल मेटाउन वा डिलिट गर्नको लागि, माथिको टूलबारमा दिइएको डिलिट बटन (यो रद्दीटोकरी अर्थात ट्र्याशक्यान आइकन जस्तो देखिन्छ) मा क्लिक गर्नुहोस्।
५. यस तरिकाले तपाईंको गुगल ड्राइभ फाइल डिलिट भएर अब रद्दीटोकरी फोल्डरमा सारिनेछ।
६. यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँले एकैचोटि सम्पूर्ण फोल्डर मेटाउन सक्नुहुन्छ।
यो कदम पनि आवश्यक छ
१. मेटाए पछि, फाइलहरू गुगल ड्राइभमा देखा पर्दैन, तर यसको ट्र्याश फोल्डरमा जानेछन्।
२. डिलिट गरेका डाटाहरु यो फोल्डरमा ३० दिनसम्म रहन्छ, र स्टोरेज पनि ओगट्छ।
३. त्यसकारण, अब तपाईंले स्टोरेज माथिको रद्दीटोकरी फोल्डरमा गएर अनावश्यक फाइलहरूलाई डिलिट गर्नुपर्छ।
यति गरेपछि तपाईँको सबै स्टोरेज खालि हुनेछ।
प्रकाशित: ३ बैशाख २०७९, शनिबार