नयाँ वर्षमा आइएमईको योजनाः ६१ जना सेवाग्राही लाभान्वित हुने

  • Technology Khabar | २ बैशाख २०७९, शुक्रबार
नयाँ वर्षमा आइएमईको योजनाः ६१ जना सेवाग्राही लाभान्वित हुने

काठमाडौं ।

नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले ‘आइएमई २०७९ मा २०७९’ नामक सेवाग्राहीमैत्री व्यापार प्रवर्धनात्मक योजना सार्वजनिक गरेको छ। यो योजना वैशाख १ गतेदेखि वैशाख ३१ सम्म कायम हुनेछ।

‘आइएमई २०७९ मा २०७९’ को एक महिने योजना अन्तर्गत विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालको एजेन्टर सब-एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी योजना अवधी भरी जम्मा ६० जना विजेताहरूले प्रतिव्यक्ति २ हजार ७९ रुपैयाँ पाउन सक्नेछन्।

साथै, बम्परमा एक जना भाग्यशाली विजेतालाई दुई लाख नौ सय रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ।

यो योजनामा सहभागी भएका सेवाग्राहीहरू मध्य कुल ६१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणाली द्वारा निर्धारण गरिनेछ।

योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेबसाइट एवम् सञ्चारका माध्यम मार्फत सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • २ बैशाख २०७९, शुक्रबार