मेशिन लर्निङ र एआई अनुसन्धाताका लागि रेजरको नयाँ ल्यापटप

Technology Khabar २ बैशाख २०७९, शुक्रबार

काठमाडौं ।

रेजरले गैर गेमरहरुका लागि नयाँ ल्यापटप सार्वजनिक गरेको छ।

यसअघि रेजरका ल्यापटपहरु विन्डोज अपरेटिङ सिस्टमका साथ आउने गरेकामा हालै ल्याम्ब्डा नामक कम्पनीले गत वर्षको रेजर ब्लेड १५ एडभान्स्डमा उबन्टु राखेर बजारमा ल्याएको छ।

यसो गर्नुका पछाडि यी ल्यापटपहरु गेमरहरुमा लक्षित नभई मेशिन लर्निङ तथा आर्टिफिसियल इन्टेलिजेन्स अनुसन्धाताहरुलाई लक्षित गरेर ल्याइएको द भर्जले उल्लेख गरेको छ।

यो नयाँ ल्यापटपको नाम रेजर एक्स ल्याम्ब्डा टेन्सरबुक राखिएको छ भने यसको मूल्य ३५०० डलर तोकिएको छ।

यसमा ११औं जेनेरेशनको इन्टेल कोर आई७ सीपीयू, एनभिडिया आरटीएक्स ३०८० म्याक्स क्यू ग्राफिक्स तथा ६४ जीबी र्याम रहेको छ।

द भर्जका अनुसार यो ल्यापटपमा १५.६ इन्चको १६५ हर्ज रिफ्रेश रेटयुक्त १४४० पिक्सेलको डिस्प्ले रहेको छ।

पावरका लागि यसमा ८० वाट आवर ब्याट्री दिइएको छ। यसैगरी इनपुट/आउटपुटका लागि ४ ओटा थन्डरबोल्ट पोर्ट, तीन ओटा यूएसबी ३.२ जेन २ टाइप-ए पोर्ट, एउटा यूएचएस-३ एसडी कार्ड रिडर तथा वाइफँइ ६ई र ब्लूटूथ ५.२ उपलब्ध छ।

यो टेन्सरबुक कालोको सट्टा चाँदी रंगको छ भने यसमा पाइटर्च, टेन्सरफ्लो, सीयूडीए तथा सीयूडीएनएन लगायतका अत्याधुनिक ड्राइभरहरु पहिले नै इन्स्टल गरिसकिएको छ।

आफूहरुले यस अघि नै हजारौं अनुसन्धान समूहलाई जीपीयू, सर्भर तथा डेस्कटप वर्कस्टेशनलगायतका हार्डवेयरहरु उपलब्ध गराइसकेको ल्याम्ब्डाले जनाएको छ।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया