
काठमाडौं ।
नासाले आफ्ना अन्तरिक्षयात्रीलाई प्रक्षेपणस्थलसम्म लैजाने विद्युतीय सवारी निर्माण गर्न ईभी स्टार्टअप कानूलाई छनोट गरेको छ।
नासाले आफ्नो चन्द्रमाका लागि आर्टिमिस मिसनमा जाने अन्तरिक्षयात्री हरुलाई प्रक्षेपण स्थालसम्म लैजानका लागि प्रयोग गर्ने रोयटर्सले जनाएको छ।
कानू यी ईभीको निर्माणसँगै अन्तरिक्ष खोजको क्षेत्रसँग सम्बद्ध भएर विद्युतीय सवारी निर्माण गर्ने टेस्ला तथा रिभियनजस्ता कम्पनीहरुको सूचीमा उभिने निश्चित भएको छ।
गत हप्ता नासाले यी ईभी निर्माणको जिम्मा दिने निर्णय गरेको कानूले भने यसबारेमा केही टिप्पणी नगरेकोका अब भने उक्त अमेरिकी कम्पनीले आफूलाई उक्त जिम्मेवारी प्रदान गरिएको सार्वजनिक गरेका हुन्।
हालै जारी गरिएको एक प्रेस विज्ञप्तिमा कानूले नासालाई आफ्नो लाइफस्टाइल भेहिकल एलभीमा आधारित क्रू ट्रान्सपोर्टेशन भेहिकल सीटीभी अर्थात् अन्तरिक्षयात्री ओसार्ने सवारी उपलब्ध गराउने उल्लेख गरेको छ।
प्रकाशित: २ बैशाख २०७९, शुक्रबार