एरिक्सनमाथि अमेरिकामा जरिबाना हुन सक्ने

  • Technology Khabar | २ बैशाख २०७९, शुक्रबार
एरिक्सनमाथि अमेरिकामा जरिबाना हुन सक्ने
फाइल तस्बिर

काठमाडौं ।

स्विडेनको दूरसञ्चार सेवा प्रदायक कम्पनी एरिक्सनले आफूमाथि अमेरिकी नियामकले जरिबाना गराउन सक्ने बताएको छ।

कम्पनीले इराकमा एउटा घूस प्रकरणको अनुसन्धानमा हात हालेको तथा रुसमा व्यापार रोकिएपछि त्रैमासिक आम्दानीमा आएको गिरावट आएको विवरण पेश गरेको सम्बन्धमा आफूमाथि जरिबाना हुन सक्ने बताएको हो।

एरिक्सनले आन्तरिक अनुसन्धानमा कम्पनीले इराकका इस्लामिक स्टेट समूहलाई सन् २०११ यता भुक्तानी गरेको देखिएको गत फेब्रुअरीमा बताएको थियो।

गत बिहीबारको कारोबारमा एरिक्सनको शेयर मूल्य ७ प्रतिशतले घटेको थियो जसले उक्त कम्पनीको घाटा यो समाचार बाहिरिएपछि ३० प्रतिशतको घाटाका लागि योगदान पुर्याएको थियो।

अमेरिकी न्याय विभाग आफूमाथि थुप्रै प्रकारका सजायहरु तोक्न सक्ने संकेत गरेको छ।

कम्पनीका सीईओ बोर्जे एकहोमले विज्ञप्तिमा जनाए अनुसार यी सजायमा नगद जरिबाना पनि हुन सक्ने थर कति रकम तिर्नुपर्नेछ भन्ने कुरा अनुमान गर्न सकिएको छैन।

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार