
काठमाडौं ।
सवारी साधनको भाडा डिजिटल भुक्तानी बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मागेको प्रस्ताव हालको लागि स्थगित गरेको छ।
मन्त्रालयले यसअघि गाडीको भाडा भुक्तानीका लागि सेवा प्रदायक छनौट गर्ने तयारी गरेको थियो। यसको लागि सेवा प्रदायक कम्पनीहरुलाई ३० दिनभित्र प्रस्तावसहितको निवेदन दिन भनेको थियो।
मन्त्रालयले भुक्तानी प्रणालीमार्फत भाडा भुक्तानी गर्ने सेवा दिने कम्पनीहरुलाई आवेदन दिन भनेकोमा हाल थप अध्ययन गर्ने बताईएको छ।
“सो विषयमा थप अध्ययन परामर्श र तयारीका साथ पुन सूचना प्रकाशित गर्ने गरी उक्त सूचना र सोसँग सम्बन्धित खरिद प्रक्रिया हाललाई रद्द गरिएको छ,” रोजगार तथा यातायात मन्त्रालयले भनेको छ।
मन्त्रालयले बागमती प्रदेश भित्रका यात्रुबाहक सार्वजनिक सवारी साधनमा नगदरहित विद्युतीय भुक्तानी प्रणालीमार्फत प्रिपेड कार्डबाट भाडा भुक्तानी गर्ने व्यवस्था गराउन लागेको हो।
मन्त्रालयले यसअघि नै अनलाइन तथा डिजिटल भाडा भुक्तानीका लागि प्रदेश भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावी २०७८ स्वीकृत गरिसकेको छ।
प्रकाशित: २ बैशाख २०७९, शुक्रबार