नेटफ्लिक्स विरुद्ध रुसका प्रयोगकर्ताहरूद्वारा मुद्दा दायर

  • Technology Khabar | १ बैशाख २०७९, बिहीबार
नेटफ्लिक्स विरुद्ध रुसका प्रयोगकर्ताहरूद्वारा मुद्दा दायर

काठमाडौं ।

नेटफ्लिक्सका रूसी प्रयोगकर्ताहरूले स्ट्रिमिङ दिग्गज विरुद्ध ६ करोड रूबल (करिब ७२ लाख ६० हजार डलर) क्षतिपूर्तिको माग गर्दै क्लास एक्शन मुद्दा दायर गरेका छन्।

रुसको आरआईए समाचार एजेन्सीले बुधबार रिपोर्ट गरेअनुसार रुसी बजार छोडेकोमा स्ट्रिमिङ दिग्गज विरुद्ध मुद्दा हालेको रोयटर्सले  जनाएको छ।

नेटफ्लिक्स इंकले मार्चमा रसियामा आफ्नो सेवा निलम्बन गरेको र युक्रेनमा मस्कोको आक्रमणको प्रभावको मूल्याङ्कन गर्दा देशमा भविष्यका सबै परियोजनाहरू र अधिग्रहणहरू अस्थायी रूपमा रोकेको बताएको थियो।

“आज, नेटफ्लिक्स प्रयोगकर्ताहरूको हितको प्रतिनिधित्व गर्ने कानुनी फर्मले अमेरिकी नेटफ्लिक्स सेवाको विरूद्ध मस्कोको खामोभनिचेस्की जिल्ला अदालतमा वर्गीय कारबाही अर्थात क्लास एक्सन मुद्दा दायर गरेको छ,” आरआईएले कानूनी फर्म चेर्निशोभ, लुकोयानोभ र पार्टनरहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

रूसमा सेवाहरू प्रदान गर्न नेटफ्लिक्सको एकतर्फी अस्वीकारको कारणले रूसी प्रयोगकर्ताहरूको अधिकारको उल्लङ्घन भएकोले मुद्दा दायर गरिएको कारण खुलाईएको थियो।

पछिल्लो दिनमा रुसले युक्रेन  विरुद्ध आक्रमण गरेसँगै विभिन्न कम्पनी र सेवा प्रदायकहरुले आफ्ना सेवा र उत्पादन रुसी बजारमा बन्द गरेका छन्।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...