आठ महिनामा मोबाइल वालेट मार्फत् १ खर्ब २० अर्ब रुपैयाँ बराबरको कारोबार

  • Technology Khabar | १ बैशाख २०७९, बिहीबार

काठमाडौं ।

आठ महिनामा मोबाइल वालेट मार्फत् १ खर्ब २० अर्ब रुपैयाँको कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ८ महिनाको मासिक प्रतिवेदन अनुसार मोबाइल वालेटमार्फत् साउनदेखि फागुन मसान्तसम्म १ खर्ब २० अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको आँकडा रहेको छ।

यसैगरी सोही अवधिमा मोबाइल वालेटमार्फत् भएको समग्र कारोबार सङ्ख्या १० करोड ६७ लाख ४६ हजार ४४७ रहेको पाइएको छ।

यीमध्ये सबैभन्दा बढी कारोबार फागुन महिनामा १ करोड ४० लाख ३३ हजार ४९० र सबैभन्दा कम माघ महिनामा १ करोड २९ लाख ५७ हजार ३५३ ओटा कारोबार भएको प्रतिवेदनले देखाएको छ।

यस्तो छ मोबाइल वालेटमार्फत् गरिएको यो आर्थिक वर्षको ८ महिनाको आँकडा:

महिनाकारोबार सङ्ख्याकारोबार रकम रु.
श्रावण१, ३१, ५५, ५०११४, ०५, २०, ०००००
भाद्र१, ३२, ०३, ४९६१४, ४२, ७०, ०००००
आश्विन१, ३५, ६५, ०५४१५, १८, ७०, ०००००
कार्तिक१, ३०, ३०, ८०४१३, ९४, ९०, ०००००
मंसिर१, ३०, ८८, ५४३१५, ५२, ८०, ०००००
पुष१, ३७, १२, २०६१६, २७, ६०, ०००००
माघ१, २९, ५७, ३५३१४, ५३, ६०, ०००००
फागुन१, ४०, ३३, ४९०१६, ५९, ९०, ०००००

 

प्रकाशित: १ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार