मोबाइल बैकिङमार्फत् एक महिनामा कति भयो कारोबार?

Technology Khabar १ बैशाख २०७९, बिहीबार

काठमाडौं ।

माघ मसान्तदेखि फागुन मसान्तभित्र मोबाइल बैकिङमार्फत् गरिएको कारोबार सङ्ख्या तथा रकममा उल्लेख्य वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी ८ महिना अर्थात् फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार फागुन महिनामा मोबाइल बैकिङमार्फत् १ खर्ब ७ अर्ब ११ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५५ लाख ५९ हजार ९७० ओटा कारोबार भएका छन्।

यो सङ्ख्या तथा कारोबार रकम अघिल्लो महिनाको तुलनामा उल्लेख्य रुपमा सकारात्मक हो।

अघिल्लो महिना अर्थात् माघ मसान्तसम्म मोबाइल बैंकिङमार्फत् ९२ अर्ब ७६ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ३८ लाख ४४ हजार ७१० ओटा कारोबार भएको थियो।

यो आँकडालाई तुलनात्मक रुपमा हेर्दा माघदेखि फागुन मसान्तसम्मको १ महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् हुने कारोबार रकम १४ अर्ब ३५ करोड १० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।

सोहि अवधिमा  मोबाइल बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या पनि १७ लाख १५ हजार २६० ले बढेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया