अमेरिकाका कार्यालय र डाटा सेन्टरमा साढे ९ अर्ब डलर लगानी गर्दै गुगल

  • Technology Khabar | १ बैशाख २०७९, बिहीबार
अमेरिकाका कार्यालय र डाटा सेन्टरमा साढे ९ अर्ब डलर लगानी गर्दै गुगल

काठमाडौं ।

अल्फाबेट इंक अन्तर्गतको कम्पनी गुगलले यो वर्ष अमेरिकाका कार्यालय र डाटा सेन्टरमा साढे ९ अर्ब डलर लगानी गर्ने भएको छ।

कम्पनीले यसै प्रयोजनका लागि गत वर्ष जम्मा ७ अर्ब डलर लगानी गरेको थियो।

गुगलका अनुसार यो लगानीले यो वर्ष कम्तीमा १२ हजार पूर्णकालीन रोजगारी सिर्जना गर्नेछ।

यी रोजगारी नेभादा, नेब्रास्का तथा भर्जिनियालगायत थुप्रै राज्यमा रहेका डाटा सेन्टरहरुमा खुल्ने कम्पनीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

कम्पनीले यो वर्ष एटलान्टामा नयाँ कार्यालय खोल्ने तथा नेभादाको स्टोरी काउन्टीमा डाटा सेन्टर विस्तार गर्ने बताएको छ।

‘हामी लचिलो कार्यशैलीलाई अपनाउने भएकाले भौतिक कार्यालयहरुमा लगानी बढाउनु अलिक आश्चर्यजनक लाग्न सक्छ, तर हाम्रा क्याम्पसहरुमा पहिलेभन्दा अझ धेरै लगानी गर्नुपर्ने आवश्यकता रहेको हामीले विश्वास लिएङ्का छौं’, गुगलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार