१५ औं दरबारमार्ग महोत्सवको तयारी सम्पन्न, एनसेलसहित जुट्यो निजी क्षेत्र

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
१५ औं दरबारमार्ग महोत्सवको तयारी सम्पन्न, एनसेलसहित जुट्यो निजी क्षेत्र
Global IME Bank

काठमाडौं ।

नयाँ वर्ष २०७९ को अवसरमा वैशाख ३ गते शनिबार काठमाडौंको दरबारमार्गमा आयोजना हुन गइरहेको १५ औं दरबारमार्ग महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

कोभिड-१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्य ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्धन’ भन्ने मूल नारासहित यो महोत्सव आयोजना हुन लागेको हो।

महोत्सव नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुन लागेको हो।

आन्तरिक पर्यटनलाई प्रवर्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्धन गर्नु महोत्सवको मुल उद्देश्य हो।

सातै प्रदेशको संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरूको प्रस्तुतीका साथ महोत्सवको औपचारिक सुरुवात शनिबार बिहान ११:४५ बजे हुने बताइएको छ। गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहका सहित यो महोत्सव बेलुका ८:१५ बजेसम्म आयोजना गरिनेछ।

महोत्सवमा दिपक बज्राचार्य, कबवेब, समृद्धि राई वीथ व्याण्ड, सुवानी मोक्तान, शास्त्रीय सांगीतिक समूह सुरसुधा लगायत अन्य कलाकार तथा समुहहरू जस्तै एभरेष्ट क्रु, महेश काफ्ले, र भेकले आ(आफ्ना प्रस्तुतिहरू दिनेछन्। साथै, मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्स संस्थाकी सृष्टी केसी र कमेडियन भरतमणि पौडेल र सुमन कोइरालाको प्रस्तुती रहनेछन्।

महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू पनि प्रदर्शनीमा राखिने छन्। त्यसैगरी महिला उद्यमी सहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरू उत्पादन पनि प्रर्दशनीमा रहने छन्। महोत्सव स्थलमा ६० वटा स्टलहरू हुनेछन्। सातै प्रदेशबाट विभिन्न जात जातिको सांस्कृतिक नृत्यहरू दरवारमार्ग आसपासका सडकमा प्रस्तुत गरिनेछ।

महोत्सवको सह–प्रायोजकमा गोरखा ब्रुअरी र रोयल स्ट्याग रहेका छन्। महोत्सवको बैकिङ पाटर्नरमा एनआइसी एसिया बैंक, इन्सुरेन्स पाटर्नरमा नेशनललाइफ इन्सुरेन्स, विभरेज पाटर्नरमा डावर नेपाल, अन्य सहयोगी पाटर्नरहरूमा नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, मनकामना केवलकार, केएफसी, पिजा हट, फोन पे, एनडिज् आइसक्रिम, नेपाल डेरी छन् ।

कोभिडले थलिएको उद्योग व्यवसाय, अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरूत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार