भिभोद्वारा आफ्नो पहिलो ट्याब्लेट भिभो प्याड सार्वजनिक

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
भिभोद्वारा आफ्नो पहिलो ट्याब्लेट भिभो प्याड सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो पहिलो ट्याब्लेट भिभो प्याड सार्वजनिक गरेको छ।

कम्पनीले हालै यो डिभाइस अन्य केही मोबाइल उत्पादनहरुसँगै बजारमा ल्याएको हो। गिजचाइनाका अनुसार भिभो प्याड नामक यो डिभाइस भिभोको अन्य फोल्डिङ स्क्रीनयुक्त स्मार्टफोन सँगै ल्याइएको हो।

यसबाहेक ठूलो स्क्रीनयुक्त भिभो एक्स नोट तथा कम्पनीको पहलो ट्याब्लेट भिभो प्याड पनि सार्वजनिक भएका छन्।

भिभो प्याडमा ११ इन्चको १६:१० आस्पेक्ट रेशियो तथा २.५ के युक्त स्क्रीन राखिएको छ।

गिजचाइनाका अनुसार यसमा हार्डवेयर लेभल एन्टि ब्लू लाइट लेभल एडप्ठिभ कलर टेम्परेचर एड्जस्टमेन्ट फिचर उपलब्ध छ।

पावरका लागि यसमा क्वालकमको स्न्यापड्रागन ८७० चिपसेट तथा ८ जीबी र्याम राखिएको छ। यसमा फ्युजन २.० प्रविधि भएकाले आवश्यक पर्दा आन्तरिक स्टोरेजको ४ जीबीलाई र्याममा परिणत गर्न सकिनेछ।

यस्तै यसमा ८०४० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले सामान्य अवस्थामा १५ घण्टाको ब्याकअप दिने कम्पनीको दावी छ। यसले ४४वाट फास्ट चार्जिङ सपोर्ट गर्दछ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...