नासाले स्याटेलाइटहरु अन्तरिक्षमा पठाउन ‘स्पिनलञ्च’ सिस्टम परीक्षण गर्ने

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासाले स्याटेलाइट अन्तरिक्षमा पठाउने स्पिनलञ्च सिस्टम परीक्षण गर्ने भएको छ।

स्पिनलञ्च कम्पनीले बनाएको विशाल गोलाकार एक्सलरेटर- काइनेटिक लञ्चरले २ सय किलो तौल भएको स्याटेलाइटलाई अन्तरिक्षमा हुर्याउन सक्ने दावी गरिएको छ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको स्पिनलञ्च लञ्चर न्यू मेक्सिकोको स्पेसपोर्ट फ्यासिलिटीमा अवस्थित छ।

यसै ठाउँमा नासाले यो वर्षको अन्त्यमा परीक्षण गर्ने उक्त संस्थालाई उद्धृत गर्दै जेडडीनेटले उल्लेख गरेको छ।

उक्त सबअर्बिटल एक्सलरेटर १०८ फिट व्यासयुक्त रहेको छ। यो एउटा स्टिलको भ्याकुम भएको र यसमा भित्रपट्टि विद्युतबाट चल्ने घुम्ने घडीको सूइजस्तो विशाल यन्त्र छ जसले कुनै पनि पेलोडलाई अन्तरिक्षतिर हुर्याउँछ।

त्योभन्दा अझ ठूलो अर्बिटल एक्सलरेटर ३०८ फीट व्यासको रहेको र यसमा स्याटेलाइटजस्तै पेलोड बोकेको यान रहेको हुन्छ जसले उक्त यानलाई प्रतिघण्टा ५ हजार माइलको गतिमा हुर्याउन सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार