चीनमा आईफोन १३ किन्दा ८० डलरसम्म छुट

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
चीनमा आईफोन १३ किन्दा ८० डलरसम्म छुट

काठमाडौं ।

चीनमा आईफोन १३ को मूल्यमा व्यापक गिरावट आएको छ।

आईफा २३ सिरिजले चीनमा निकै प्रभावशाली रहेको छ भने विश्वकै स्मार्टफोन बजारमा पनि राम्रै प्रभुत्व जमाएको छ।

अब भने आईफोन १३ लिन चाहने चिनियाँ उपभोक्ताका लागि भारी छुटको व्यवस्था हुन लागेको गिजचाइनाले जनाएको छ।

दुई दिन अघि काङ यूजरनेम भएका वेबो टेक ब्लगरले एप्पलले आफ्नो डेलिभरी शुल्क ५०९ यूआन अर्थत् लगभग ८० डलरले घटाउने निर्णय गरेको समाचार सार्वजनिक गरेका हुन्।

त्यसको भोलिपल्ट उनले डेलिभरी शुल्क घटाएपछि आईफोन १३ को चिनियाँ भर्सनको मूल्य ४९९९ यूआन अर्थात् ७८५ डलर हुने पनि जानकारी गराएका थिए।

तर आईफोन १३ हाल ७८५ डलरमा पिन्डुओडुओमा उपलब्ध रहेको र कम्पनीले करोडौं डलर छुटका लागि छुट्याएको गिजचानइनाको समाचारमा उल्लेख छ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार