एप्पल वाचमा ब्लड प्रेसर टूल २०२४ मा मात्र आउने

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
एप्पल वाचमा ब्लड प्रेसर टूल २०२४ मा मात्र आउने

काठमाडौं ।

एप्पल वाचमा ब्लड प्रेसर टूल २०२४ मा मात्र उपलब्ध हुने भएको छ।

सामसङको ग्यालेक्सी वाच ४ मा अहिले नै ब्लड प्रेसर मनिटर दिइएकोमा एप्पलले भने यो फिचर उपलब्ध गराउन अझै पर्याप्त समय लिने भएको हो।

ब्लूमबर्गका मार्क गर्मनले निकालेको नयाँ रिपोर्ट अनुसार कम्पनीले ब्लड प्रेसर मनिटरयुक्त एप्पल वाच २०२४ मा मात्र आउने बुझिएको छ।

यसका पछाडि यो फिचरमा केही समस्या देखिएको र पूर्ण रुपमा काम गर्नका लागि छिटोमा २०२४ सम्म लाग्ने कम्पनीको उक्त मामिलासम्बद्ध व्यक्तिहरुलाई उद्धृत गर्दै जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसमा टोलीले काम गरिरहेको र उच्च रक्तचापको सुनिश्चिततामा भने चुनौती रहेको बताइएको छ। यो फिचर विगत ४ वर्षदेखि नै ल्याउने योजनामा रहेकोमा पूर्णरुपमा सार्वजनिक हुन २०२५ छुन सक्ने आकलन गरिएको छ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...