
काठमाडौं ।
नेपालकै सबैभन्दा छिटो फोरजी मोबाइल नेटवर्क, स्मार्ट टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि यो नयाँ वर्षको उत्सवलाई पहिलेभन्दा अझ रोमाञ्चक बनाउन “हर्षैहर्षको नयाँ वर्ष” अफर ल्याएको छ। यस अफरअन्तर्गत ‘रिचार्जमा बेनिफिट्स’ र ‘न्यु एअर डाटा’ अफर रहेको छ।
नयाँ वर्ष मानिसहरूले आफ्ना प्रियजनहरूलाई भेट्ने र आफ्नो जीवनलाई उत्सवमय बनाउने शुभ अवसर भएकाले यस नयाँ वर्षमा स्मार्टसेलले टाढा रहेका र आफ्ना प्रियजनहरूसँग भेट्न नसके पनि सहज कुराकानी गर्न यस विशेष अफर ल्याएको हो।
यस नयाँ वर्षको अफरले ग्राहकहरूलाई प्रत्येक रिचार्जमा भ्वाइस प्याक, डाटा प्याक, एसएमएस प्याक आदि लगायत विभिन्न प्रकारका बोनसहरू उपहार दिनेछ जसले वहाँहरूलाई आफ्ना आफन्त साथीभाइसँग जोडिन मद्दत गर्नेछ।
प्रत्येक रिचार्जमा बोनसका साथै ग्राहकको दैनिक डाटा आवश्यकता र चाडपर्वको समयमा आवश्यक पर्ने डाटालाई ध्यानमा राख्दै स्मार्टले नयाँ वर्षको अवसरमा सीमित समयको आकर्षक डाटा प्याक अफर ल्याएको हो।
यो नयाँ वर्ष ग्राहकले मात्र रु.४५ मै ३ जीबी डाटा हरेक पलको आनन्द लिइ पूर्ण रुपमा प्रयोग गर्न सक्नेछन्। आफ्ना आफन्त र साथीभाइसँग इन्टरनेटको कुनै समस्या बिना मज्जाले कुरा गर्न सक्नेछन्।
आफ्ना प्रयोगकर्ताहरुलाई सधै बढी भन्दा बढी सुविधा उपलब्ध गराउने नेटवर्क बन्ने हाम्रो प्रतिबद्धतालाई कायम राख्दै, स्मार्ट टेलिकमले सधैं स्मार्ट प्रयोगकर्ताहरूको दैनिक जीवनलाई सजिलो बनाउन र प्रयोगकर्ताको अनुभव बढाउन निरन्तर विभिन्न आकर्षक अफरहरू लिई आइरहेको छ।
ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्नु हुनेछ वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज Facebook/SmartCellNepal मा लग इन गर्न सक्नु हुनेछ।
प्रकाशित: २९ चैत्र २०७८, मंगलवार