
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेको हार्मोनीओएस ३.० यसै वर्षको सेप्टेम्बरमा सार्वजनिक हुने भएको छ।
विश्वभरका प्रयोगकर्ताले हार्मोनीओएस ३.० को व्यग्र प्रतीक्षामा रहेको गिजचाइनाले लेखेको छ।
हालसम्म यो अपरेटिश्र सिस्टम यसै वर्ष आउने भन्ने मात्रै जानकारी उपलब्ध रहेकोमा हालै @चाङ्गन नामक एक डिजिटल टेक ब्लगरले हार्मोनीओएस ३.० आगामी सेप्टेम्बरमा आधिकारिक रुपमा सार्वजनिक हुने जानकारी बाहिर ल्याएका छन्।
हाल कम्पनीले हार्मोनीओएस ३.० को डेभलपर प्रिभ्यू भने सार्वजनिक गरिसकेको छ।
यो सिस्टमको शुरुवाती रिलिजले डेभलपरहरुलाई कुनै पनि कुरा अगाडि नै तयारी तथा विकास गर्न सघाउने बताइएको छ।
हार्मोनीओएस ३ ले सिस्टम आर्किटेक्चरका मुख्य तीन कुराहरु-हाइपरटर्मिनल, एप पटकको डेभलपमेन्ट तथा मल्टि-टर्मिनाल डिप्लोयमेन्टमा इनोभेसन गरिरहने ह्वावेको दावी छ।
सिस्टम क्षमता, विकास तथा महत्वपूर्ण अपग्रेड गरिरहने पनि कम्पनीको भनाइ छ।
प्रकाशित: २९ चैत्र २०७८, मंगलवार