‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तान गर्दा १० प्रतिशत भ्याट फिर्ता पाईने

  • Technology Khabar | २९ चैत्र २०७८, मंगलवार
‘खल्ती’बाट वर्ल्डलिंकको बिल भुक्तान गर्दा १० प्रतिशत भ्याट फिर्ता पाईने

काठमाडौं ।

नेपालमा पहिलो पटक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका प्रयोगकर्ताहरूले खल्तीमार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्नेछन्।

भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले  आन्तरिक राजस्व विभाग (आईआरडी) र वर्ल्डलिङ्कसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ। वर्ल्डलिंक र खल्ती दुबै मिलेर नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्न काम गरिरहेको बताएको छ।

१० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत क्यासब्याक प्लस रु. १०० क्यासब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड GOCASHLESS प्रयोग गरी छुट प्रदान गरेको छ ।

अब थप १०% भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६,५०,००० वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ। उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३% भ्याटको १०% भ्याट फिर्ता पाउने छ। यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनुपर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता वर्गको हुनुपर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि नदिईने कम्पनीले जनाएको छ।

यस नौलो सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जानकारी दिए: “यस सेवाले निश्चित रूपमा सबै नेपालीहरूमा वित्तीय समावेशीकरण ल्याउने हाम्रो दृष्टिकोणलाई अगाडी बढाउँने छ। यसका साथै हामी सरकार र अन्य निकायहरूसँग मिलेर थप सजिलो सेवा र सुविधाहरू ल्याउनका लागि नयाँ क्षेत्रहरूमा काम गर्नेछौं।”

यस सुविधाको बारेमा बोल्दै वर्ल्डलिंकका सामुहिक प्रमुख वित्तीय अधिकारी, संजय कुमार साहले भने, “खल्तीले पेमेन्ट पार्टनरको हैसियतले वर्ल्डलिङ्कका ग्राहकहरुलाई धेरै किसिमका क्यास्ब्यक अफरहरु दिईरहेको छ। यस भ्याट फिर्ताको अफरले हाम्रो डिजिटल नेपालको साझा अभियानलाई अगाडी बढाउनेछ र साथै वर्ल्डलिङ्कका प्रयोगकर्ताहरुलाई पनि खल्ती मार्फत भुक्तानी गर्न प्रोत्साहन दिने छ। “

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २९ चैत्र २०७८, मंगलवार