
काठमाडौं ।
रुसको अन्तरिक्ष एजेन्सी, रोस्कोसमोसले निकट भविष्यमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा पश्चिमी साझेदारहरूसँग सहकार्य जारी राख्ने वा नगर्ने भन्ने बारे आफ्नो रायको बारेमा जानकारी दिने भएको छ। रोस्कोसमोसका प्रमुख दिमित्री रोगोजिनले स्पुतनिकलाई बताएअनुसार सो बारेमा छलफल गरिएको र भविश्यमा आफ्नो राय देशका प्रमुखलाई दिने छ।
“हाम्रो अडानमा भर्खरै रोस्कोसमोसको सुपरभाइजरी बोर्डमा छलफल भएको थियो, जसमा मुख्य मन्त्रालय र रोस्कोसमोसको कामसंग सम्बन्धित विभागहरुको प्रतिनिधिहरु सम्मिलित छ, र सम्बन्धित उपप्रधानमन्त्रीको नेतृत्वमा छ। हामी निकट भविष्यमा राष्ट्रपतिलाई हाम्रो स्थिति रिपोर्ट गर्ने योजना बनाउछौं,” रोगोजिनले भने।
शनिबार, रोगोजिनले रूसी अन्तरिक्ष एजेन्सीले छिट्टै रूसी सरकारलाई आईएसएसमा आफ्ना पश्चिमी साझेदारहरू (अमेरिका, ईयू, क्यानाडा र जापानी अन्तरिक्ष एजेन्सीहरू) सँगको सहयोग समाप्त गर्ने योजना बारे जानकारी दिनेछ।
रोगोजिनले रुसमाथि लगाइएको सबै प्रतिबन्ध फुकुवा गरेपछि मात्र रुस र पश्चिमी देशहरूले अन्तरिक्षमा सहकार्य गर्न सक्ने बताउँदै आएका छन्।
प्रकाशित: २९ चैत्र २०७८, मंगलवार