माछापुच्छ्रे बैंकको ‘एमबीएल एक स्मार्ट’ सेवा सुरु

  • Technology Khabar | २९ चैत्र २०७८, मंगलवार
माछापुच्छ्रे बैंकको ‘एमबीएल एक स्मार्ट’ सेवा सुरु

काठमाडौं ।

माछापुच्छ्रे बैंकले नयाँ स्मार्ट सेवा ‘एमबीएल एक स्मार्ट’ को सुरुवात गरेको छ।

आफ्नो सञ्चालनमा रहेको मोबाइल एपलाई ओमनी च्यानलमा आधारित परिस्‍कृत र परिमार्जित गरी ‘एमबीएल एक स्मार्ट’ सुरु गरेको हो।

‘एमबीएल एक स्मार्ट’ लाई भर्चुअल शाखाको रुपमा स्थापित गर्दै ग्राहकहरूलाई प्रत्यक्ष रुपमा बैंकमा आउने झन्झट नरहोस् भन्ने लक्ष्यका साथ उक्त एप सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशभर १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएममार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार