
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नयाँ एक्स फोल्ड डिभाइस सार्वजनिक गरेको छ।
यसमा ६.५३ इन्चको बाहिरी एमोलेड डिस्प्ले तथा ८.०३ इन्चको १८००x२२०० पिक्सेलको फोल्डिङ एलटीपीओ३ भित्री एमोलेड ई५ डिस्प्ले दिइएको छ।
यी दुवै डिस्प्ले १२० हर्ज रिफ्रेश रेटका तथा एचडीआर१०+ रेडी रहेका जीएसएमएरिनाले उल्लेख गरेको छ।
फोल्डिङ डिस्प्लेमा सामसङलाई टक्कर दिने खालको अल्ट्रा थिन ग्लास प्रयोग गरिएको छ। यो डिभाइसमा दुई ओटा इन-डिस्प्ले अल्ट्रासोनिक फिंगरप्रिन्ट स्क्यानर राखिएको कम्पनीले जनाएको छ।
पावरका लागि यो डिभाइसमा स्न्यापड्रागन ८ जेन १ चिपसेट, १२ जीबी र्याम तथा ६६ वाट फास्ट चार्जिङसहितको ४६०० एमएएच ब्याट्री दिइएको छ।
यस्तै फोटोका लागि पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप दिइएको छ। यस्तै दुवै स्क्रीनमा १-१ ओटा गरी दुई ओटा सेल्फी शूटरको पनि व्यवस्था गरिएको छ।
प्रकाशित: २९ चैत्र २०७८, मंगलवार