
काठमाडौं ।
व्यक्तिगत क्यारियर वृद्धिका लागि अमेजन अमेरिकाकै सबैभन्दा उत्कृष्ट कम्पनी मानिएको छ।
हालै प्रोफेशनल नेटवर्क लिंक्डइनले यस्तो जानकारी बाहिर ल्याएको हो।
सीएनबीसीका अनुसार अमेजन यो सूचीको शीर्ष स्थानमा रहेको यो लगातार दोस्रो वर्ष भएको उल्लेख गरेको छ।
लिंक्डइनले हालै सार्वजनिक गरेको २०२२ का उत्कृष्ट कम्पनीहरुको सूचीका लागि मुख्यगरी क्यारियर वृद्धिलाई मानकका रुपमा लिइएको थियो।
यसभित्र प्रगति गर्ने क्षमता, दक्षता वृद्धि, कम्पनीको स्थायित्व, बाहिरी अवसर, कम्पनीको निकटता, लैंगिक विविधता तथा शैक्षिक पृष्ठभूमिको विस्तारजस्ता बुँदाहरु राखिएका थिए।
कम्पनीले आफ्ना ८१ करोड सदस्य तथा कम्पनीले आफ्ना कर्मचारीमा गर्ने लगानीको विश्लेषणका आधारमा उक्त वरीयताक्रम तयार पारेको जनाएको छ।
तर कर्पोरेट पर्फर्मेन्स मापन तथा सुधारमा केन्द्रित सीएनबीसीको साझेदार कम्पनी जस्ट क्यापिटलले भने कर्मचारीका बिचमा निकै कम स्तरमात्र चढ्न सकेको सीएनबीसीले उल्लेख गरेको छ।
जस्टको र्याङ्किङमा अमेजन रिटेलमध्ये ५३ मा ११ औं तथा यसले रसल १००० मा ट्र्याक गर्ने कम्पनीहरुमा समग्रमा ५६९औं नम्बरमा रहेको बताएको छ।
प्रकाशित: २९ चैत्र २०७८, मंगलवार