शाओमी १२ र शाओमी १२ एक्स नेपाली बजारमा, यस्तो छ दुबै फोनको विशेषताहरु

  • Technology Khabar | २८ चैत्र २०७८, सोमबार
शाओमी १२ र शाओमी १२ एक्स नेपाली बजारमा, यस्तो छ दुबै फोनको विशेषताहरु

काठमाडौं ।

ग्लोबल टेक्नोलोजी लिडर, शाओमीले आफ्नो फ्ल्याग्शिप फोन, शाओमी १२ र शाओमी १२एक्सको लन्च गरेको छ। प्रयोगकर्ताहरुलाई कटिङ एज भिडियोग्राफिक र इन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुबै फोन बजारमा ल्याइएको हो।

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “शाओमीमा  हामी नयाँ–नयाँ प्रविधी र नयाँ–नयाँ पिफ्चर भएको फोन लिन चाहने उपभोत्तफको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ। यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ र शाओमी १२ एक्स लन्च गरेका छौँ, आशा छ यहाँहरुले दुबै फोनलाई मन पराइदिनुहुनेछ।”

उनले थप भने, “उत्कृष्ट क्यामराहरू संयोजन गरेर प्रदर्शनी र नवीनतालाई जोड दिदै शाओमी १२ र शाओमी १२ एक्समा १३ एमपी अल्ट्रा-वाइड एंगल क्यामरा छ। दुबै उपकरणमा एडभान्स क्वालकम स्न्यापड्रागन चिपसेट छ र डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले रहेको छ जसले ट्रु कलर सपोर्ट गर्दछ। यी दुबै उपकरणहरूको कम्प्याक्ट बडी डिजाइनमा ४,५०० एमएएच ब्याट्रीहरू फिट हुन्छन्।”

सिनेम्याटिक शट एनि टाइम

शाओमी १२ र शाओमी १२एक्सबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै पर्फेटो खिच्न सकिन्छ, चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृष्य होस्। दुबै फोनमा बहुमुखी शूटिङ्गको लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० एमपी प्रमुख क्यामरा छन् जसले शाओमी १२ मा ८के रेकर्डिङ क्षमता प्रदान गर्दछ। शाओमी १२ र शाओमी १२एक्सले १३ एमपी अल्ट्रा वाइड एंगल क्यामरा, ५एमपी टेलिम्याक्रो क्यामरासहित, जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रधान गर्छ।

प्रभावशाली हार्डवेयर बाहेक यो फोन मा अत्याधुनिक एआई अल्गोरिदम छ जसले प्रयोगकर्ताहरूलाई हरेक पल रेकर्ड गर्न पहिले भन्दा सजिलो बनाउँदछ।शाओमी प्रो फोकसले वस्तुहरू पहिचान र ट्र्याक गर्दछ र धमिलो वा फोकस बाहिरको शटहरू रोक्न मद्दत गर्छ।

शाओमी १२ र शाओमी १२एक्स दुबै आँखा र अनुहार स्वत: फोकस पनि समावेश छ। यसको साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामर्थ्य राख्छ।

फ्ल्यागशिप प्रोसेसिङ, अद्वित्तिय पर्फमेन्स पावर एपिफ्सियन्सी

फ्ल्यागशिप फोनको अनुभव लिन फ्ल्यागशिप पर्फमेन्स चाहिन्छ। शाओमी १२ र शाओमी १२एक्स दुबैमा उन्नत क्वालकम स्न्यापड्रागन प्रोसेसर छ जुन  स्न्यापड्रागनको सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो ।

यसमा भएको ४एनएमको प्रोसेसरले जीपीयू ग्रापिफ्क रेन्डरिङ क्षमतालाई ३० प्रतिशतसम्म बढाउनुको साथै पहिलाको फोन को तुलनामा यसमा २५ प्रतिशत बढी  ब्याट्रि टिक्छ। साथै यसमा भएको यूएफसी ३.१ स्टोरेज र एलपीडीडीआर५ र्यामले एप लोडिङ र डाटा ट्रान्सफरको स्पिड बढ्नुका साथै उत्कृष्ट  मेमोरी स्पीड  प्रदान गर्छ भने सुपर लार्ज भेपर च्याम्बर र ग्रेफाइटको थुप्रै लेयर भएको हाइ पर्फर्मिंग कुलिङ सिस्टमले फोन धेरै तात्नबाट बचाउँछ।

असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्स

यी दुबै फोनमा भएको असाधारण एन्टर्टेन्मेन्ट एक्स्पिरियन्सले प्रयोगकर्तालाई हरेक पल राम्रो क्वालिटिमा कैद गर्ने मात्र नभई हरेक पलहरु पुनः जीवित गरौंद छ। ट्रु कलर सपोर्ट गर्ने र डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले भएको हुँदा यसमा स्पष्टसँग भिडियो हेर्न सकिन्छ। साथै यसमा र्स्क्याच रेसिस्टान्ट कर्निङ्ग गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रीन कोरिने चिन्ता हुँदैन्।

शाओमी १२ र शाओमी १२ एक्स दुबैले ६.२८-इन्च फुल एचडी प्लस डिस्प्लेहरूमा करोडौं भन्दा बढी रङहरूसहित, शाओमीको अहिलेसम्मको सबैभन्दा रंगीन स्मार्टफोन डिस्प्ले प्रदान गर्दछ।

यसमा डल्बी एट्मस पावर्ड हर्मन कार्डोनको साउन्ड सिस्टम राखिएको छ जसले इमर्सिभ अडियो एक्स्पिरियन्स प्रदान गर्छ। जसले गर्दा यो फोन को साउन्डमा रिच डिटेल, क्लारिटी र रियालिजम छ । शाओमी १२ र शाओमी १२एक्स दुबैले इमर्सिभ गेमिङ वा भिडियोको लागि सन्तुलित स्टेरियो साउण्ड प्रदान गर्दछ।

प्रयोगकर्तालाई थप अनुकूलन थप अनुभव प्रदान गर्न शाओमी १२ र शाओमी १२x मा एमआईयूआई १३ समावेश गरिएको छ जुन यसै वर्ष विश्वव्यापी रुपमा रिलिज भएको थियो । एमआईयूआई १३ ले फोन मा चाँडो स्टोरज गर्न, ब्याकग्राउन्ड प्रोसेसिङ उच्च प्रभावकारी रुपमा र स्मार्ट तरिकाले गर्न र ब्याट्रि लाइपफ् लामो बनाउने काम गर्छ । साथै यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँ फिचरहरु पनि छन् ।

नेक्स्ट लेभल चार्जिङ स्पिड

शाओमी १२ र शाओमी १२ एक्स दुबैमा नेक्स्ट लेभल चार्जिङ स्पिड र सेफ्टी छ जसले गर्दा यसले पुरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ । शाओमी १२ र शाओमी १२एक्स दुबैले छिटो पावर-अपको लागि ६७ वाट वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्दछ। यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ। यसको एडाप्टिभचार्ज पिक्चरमा भएको स्मार्ट चार्जिङ एल्गोरिदमले  ब्याट्रिको शेल्फ लाइफ पनि बढाउँछ।

आइकोनिक डिजाइनको साथै फ्ल्यागशिप क्षमता

यसको डिजाइन प्रयोगकर्तालाई मध्यनजर गरी औसत नेपालीको हातमा आरामसँग अटौने आकारको रहेको छ। त्यसैले यसलाई पोर्टेबल पकेट–साइज स्टुडियो पनि भन्न मिल्छ । यसको स्लिम र हाइ कपासिटीको ब्याट्रि अनि सानो रिज ग्यापले स्क्रीनको स्पेस पनि मजासँग सेभ गरेको छ । यसको ६.२८ इन्चको डिस्प्ले मात्र ६९.९एमएम चौडाइ रहेको छ जसलाई यसको स्मूध कर्भले आकर्षक देखाएको छ ।

शाओमी १२ र शाओमी १२ एक्स ८जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध छ। शाओमी १२ दुई रंग ग्रे र पर्पलमा उपलब्ध हुनेछ भने शाओमी १२ एक्स तीन रंग ग्रे, पर्पल र निलोमा उपलब्ध हुनेछ।

बजारमा शाओमी १२को मूल्य ९२ हजार ९९९ रुपैयाँ तथा शाओमी १२एक्सको मूल्य ७६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...